बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

६ अर्ब लगानीमा चुम्बकीय प्रविधिमा बिजुली निकाल्न उद्य‍ोग दर्ता, कति सम्भव?

images
बिहीबार , फागुन १९ २०७८
images
images
६ अर्ब लगानीमा चुम्बकीय प्रविधिमा बिजुली निकाल्न उद्य‍ोग दर्ता, कति सम्भव?
images
images

काठमाडौं- नेपालका चुम्बकीय प्रविधिबाट विद्युत उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका-६ मा चुम्बकीय प्रविधिबाट विद्युत उत्पादन गर्ने गरी उद्योग दर्ता भएको हो।

images
images

स्वदेशी लगानीमा विद्युत उत्पादन हुने गरी उद्योग गर्दा भएको छ। बास्तोला अर्गनाइजेसन अन्तर्गतको ईबीएम नेपाल प्रालि चुम्बकीय प्रविधिबाट विद्युत उत्पादन गर्ने गरी उद्योगमा दर्ता भएको हो। कम्पनीका अध्यक्ष रामचन्द्र बास्तोलामा अनुसार चुम्बकीय प्रविधिबाट पहिलो चरणमा १५ मेगावटा विद्युत उत्पादन गर्ने गरी उद्योग दर्ता भएको हो।

images
images

सन् २०११ सालदेखि नेपालमा ५ सय मेगावटा विद्युत चुम्बकीय प्रविधिबाट उत्पादन गर्ने गरी तयारी भए पनि अहिले पहिलो चरणमा ३ सय केभीको ५० वटा युनिटबाट १५ मेगावटा विद्युत उत्पादन गर्ने तयारी भएको उनको भनाइ छ।

images
images

५ अर्ब ५८ करोड रुपैयाँका लगानीमा काम गर्ने लागेको उनको भनाइ छ। ‘साधरण भाषामा भन्ने हो भने जेनेरेटर चलाएर विद्युत उत्पादन गर्ने हो,’ बास्तोलाले भने। 

जेनेरेटर चुम्बकबाटै चल्ने उनको भनाइ छ। तर कसरी विद्युत हुन्छ भने जवाफ चाहिँ हामीसँग पनि नभएको बास्तोला आफै बताउँछन्। 

‘हामीले कुनै वैज्ञानिकलाई बुझाउन पनि सकेका छैनौँ,’ उनले भने, ‘हामी बुझाउँदा पनि बुझाउँदैनौँ। हामी त काम गर्ने हो। हामी विद्युत उत्पादन गरेर बत्ती बाल्ने हो। सबै विषय सबैलाई जानकारी पनि दिन हुन्न।’

यो प्रक्रिया सन् २०११ बाट सुरु गरेको बास्तोलाले जानकारी दिए। सरकारी प्रक्रिया पूरा गर्न नै समय लागेको हुने भनाइ छ। 

‘सबैभन्दा पहिलो हामीले चुम्बकीय प्रविधिबाट विद्युत उत्पादनका लागि लगानी बोर्डमा प्रस्ता गरेका थियौँ,’ उनले भने, ‘सुरुमा ५ सय मेगावटा उत्पादन गर्ने भनेका थियौँ। लगानीकै कारणले केही समय ढिला भएको हो। अहिले पाइलट प्रोजेक्टका रुपमा काम गर्ने अनुमति पाएपछि १५ मेगावटा उत्पादन गर्ने गरी काम अगाडि बढाएका हौँ।’

चुम्बकीय प्रविधिबाट विद्युत उत्पादन गर्न विषय विश्वभरी नै सफल प्रोजेक्ट नभएको स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए। 

बर्षातमा खेर जाँदै एक हजार मेगावाट बिजुली 

नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा पछिल्लो समय २२ सय मेगावाट विद्युत् उपलब्ध छ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ४ सय ५६ मेगावाट बिजुली उत्पादन गरेपछि प्रणालीमा गुणात्मक परिवर्तन देखिएको हो। यस्तोमा अपेक्षित रुपमा माग भने बढ्न सकेन। उद्योगीलाई बिजुली नदिएको गुनासो बढेपनि होङ्सीसहितका उद्योगहरूले अहिले बिजुली पाइरहेका छन्।

यसवर्षको लक्ष्मीपूजाको दिनको साँझको विवरण हेर्दा १ हजार २ सय ७० मेगावाट मात्रै बिजुलीको उच्च माग देखियो। गत असोज १० गते सबैभन्दा बढी १ हजार ७ सय २० मेगावाटको हाराहारीमा माग पुगेको थियो। गत पुस १६ गते बेलुका १७ सय मेगावाट माग भएको थियो। यसकारण पनि निर्यात हुन सकेन भने आगामी बर्सादमा बिजुली खेर जाने निश्चित रहेको छ। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आउने बर्सादमा बिजुली खेर जाने देखेपनि भारतमा निर्यातका लागि जोडबल गरिरहेका छन्। गत वर्ष ५ सय मेगावाट बिजुली खेर गएपनि कुलमानको चर्को आलोचनासमेत भएको थियो। सोहीकारण पनि आगामी बर्सादमा बिजुली निर्यातका लागि गत साता भारतमा नयाँ प्रस्ताव पाइएको छ।  

बिजुली थपिएपनि खेर जाने चिन्ता 

चालु वर्षको ६ महिनामै ५९८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि सरकारले भारतमा निर्यात गर्न मुख्य चासो दिएको छ। आगामी बर्षातमा पनि बिजुली खेर जाने भए पनि सरकारले निर्यात बजार खोज्न थालेको हो। 

नेपाल विद्युत प्राधिकरणले पुनः २ सय ४४ मेगावाट विद्युत निर्यातका लागि भारतलाई गत साता मात्रै प्रस्ताव गरेको छ। प्राधिकरणले १४४ मेगावाटको कालीगण्की, ७० मेगावाटको मध्य मर्स्याङ्दी र ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत बर्सादमा निर्यात गर्न प्रस्ताव गरेको हो। 

गत वर्ष ५ सय मेगावाट बिजुली खेर तामाकोशीसहितका आयोजनाको उत्पादन नै बन्द गरिएको थियो। आगामी बर्सादमा १ हजार मेगावटासम्म बिजुली खेर जाने भएपनि सरकारले गत साता भारताई २४४ मेगावाट बिजुली खरिद गर्न प्रस्ताव पााएको हो। गत वर्ष पनि तामाकोशीको ४५६ मेगावाट बिजुलीसहित ६१० मेगावाट निर्यातको लागि भारतलाई प्रस्ताव पाइएको थियो। तर भारतले अन्तिम समयमा आएर दैनिक ३९ मेगावाट बिजुली खरिद गरेको थियो। 


प्रकाशित : बिहीबार , फागुन १९ २०७८००:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend