शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

हाइफ्युचरका नयाँ उत्पादन नेपाली बजारमा 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १८ २०७८
हाइफ्युचरका नयाँ उत्पादन नेपाली बजारमा 

हाइफ्युचरले आफ्ना नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको  छ। 

काठमाडौं- हाइफ्युचरले आफ्ना नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको  छ। 

कम्पनीले आफ्नो इन्ट्री लेभलका उत्पादनहरु नेपाली बजारमा ल्याएको हो। हाइफ्युचरले तीन नयाँ उत्पादन:फ्युचरफिट इभो स्मार्टवाच, फ्युचरफिट पल्स स्मार्टवाच तथा कलरबड बजारमा ल्याएको हो। 

फ्युचरफिट इभो स्मार्टवाच बेजल-फ्री डिस्प्ले तथा एरोस्पेस ग्रेड अलुमिनियम अलोय केससहितको डिजाइनमा उपलब्ध छ। यसको क्लासिक डिजाइन सबैखाले कपडाहरु तथा सबैखाले अवसरहरुका लागि सुहाउँदो हुने कम्पनीको दावी छ। 

यसमा बिल्ट-इन हार्ट रेट मनिटर तथा ब्लड अक्सिजन लेभल ट्रयाकर पनि रहेको छ। एकपटक चार्ज भएपछि निरन्तर दशदिनसम्म काम गर्ने यसको मूल्य भने ५ हजार ९९९ रुपैयाँ रहेको छ। 

फ्युचरफिट पल्सको मूल्य ४ हजार ९९९ रुपैयाँ छ। कलर बड्सको मूल्य २ हजार ४ सय ९९ रुपैयाँ रहेको छ। 


प्रकाशित : बुधबार, फागुन १८ २०७८११:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend