बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

नक्कली सर्टिफिकेट बुझाएर पाइलट लाइन्सेस लिएको भन्दै क्याप्टेन रामेश्वर थापामाथि छानबीन हुँदै, आइतबार सीआईबीलाई पत्र पठाउँदै प्राधिकरण

शुक्रबार, असोज १७ २०८२
नक्कली सर्टिफिकेट बुझाएर पाइलट लाइन्सेस लिएको भन्दै क्याप्टेन रामेश्वर थापामाथि छानबीन हुँदै, आइतबार सीआईबीलाई पत्र पठाउँदै प्राधिकरण

काठमाडौं- नेपाल नागरिक उड्डयन प्नाधिकरणले क्याप्टेन रामेश्वर थापाको प्रमाण पत्र नक्कली रहेको शंका गर्दै छानबीन थालेको छ। थापाले पाइलट लाइसेन्स लिँदाको बखतमा नै एसएलसीआईएसीपासको नक्कली प्रमाण पत्र बुझाएको उजुरी प्राधिकरणमा परेको थियो।

प्राधिकरणले उजुरीकै आधारमा थापासँग एसएलसीदेखिको सक्कल कपीको प्रमाण पत्र भन्दै पत्र काटेको थियो। प्राधिकरणले विवरण मागेपछि थापाले पाइलट तालिक केन्द्रको प्रमाण पत्र पेस गरेका थिए।

तर प्राधिकरणले उनीसँग एसएलसी देखि आईएसी पासको सक्कल प्रमाण पत्र बुझाउन पुन: पत्र काटेको प्राधिकरण स्रोतको दाबी छ।

तर थापाले कुनै पनि प्रमाण पत्र पेस गर्न सकेन्न। थापाले केपी ओली शर्मा नेतृत्वको सरकार बनेपछि दबाबमा सबै काम रोक्न प्राधिकरणलाई दबाब दिएका थिए। थापाको पाइलट लाइसेन्स नम्बर ७ हो। थापाले प्रमाण पत्र बुझाउन नसकेपछि उनी लाइसेन्स खारेज भइसकेको छ।

लाइसेन्स खारेज भएपनि प्राधिकरणले नक्कली सर्टिफिकेट बुझाएर लाइसेन्स लिएको विषय थप अध्ययनका लागि केन्द्रीय केन्द्रिय अनुसन्धान ब्युरो अन्वेषण ब्यूरो (सीआईबी)  पत्रचार गर्न तयारी गरेको छ।

प्राधिकरणले आइतबार नै सिआईबीलाई थापाको सर्टिफिकेटको विषयमा अध्ययन गर्दै कारबाही गर्नका लागि अनुरोध गर्दै पत्रचार गर्न लागेको हो। प्राधिकरण स्रोतका अनुसार पाइलट लाइसेन्स लिँदैको फाइल समेत गायब गरिएको छ।


प्रकाशित : शुक्रबार, असोज १७ २०८२०७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend