बिहीबार , वैशाख २० गते २०८१    
images
images

प्रतिनिधि सभाबाट अनुमोदन भयो एमसीसी

images
images
images
प्रतिनिधि सभाबाट अनुमोदन भयो एमसीसी
images
images

काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएको छ।

images
images
images

नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता आइतबार अनुमोदन भएको हो। संविधानको धारा २७९ र प्रतिनिधि सभाको नियम २० बमोजिम एमसीसी सम्झौता पारित भएको सभामुख अग्‍निप्रसाद सापकोटाले संसदमा जानकारी दिएका छन्। 

images

प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्न समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ।

images

एमसीसी सम्झौता पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसीसी अनुमोदन प्रक्रियामा सहभागिता जनाएन।

images
images

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरुले एमसीसीको पक्षमा ध्वनि मत दिए। राष्ट्रिय जनमोर्चा, राप्रपा र नेमकिपाले भने विपक्षमा ध्वनि मत दिएका थिए।

images

प्रकाशित : आइतबार, फागुन १५ २०७८०३:३७

प्रतिक्रिया दिनुहोस