काठमाडौं- सौरभ ग्रुपअन्तर्गतको सर्वाेत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टको प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
'एकजुट, अझै मजबुत' भन्ने सन्देशका साथ भदौ १९, २० र २१ गते काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानहरुमा कम्पनीले आफ्नो प्राविधिक भेटघाट कार्यक्रम गरेको हो।
कार्यक्रममा कम्पनीका प्रमुख सदस्यहरुसँगै ललितपुरमा करिब १६५ प्राविधिक, भक्तपुरमा करिब १९० र काठमाडौंको मुलपानी, चक्रपथ तथा कलंकी गरी करिब ४७५ जना प्राविधिकहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा सर्वाेत्तम सिमेन्टका तर्फबाट इन्जिनियर अभिषेक झाले तथा जगदम्बा सिमेन्टका तर्फबाट इन्जिनियर गोविन्द बस्नेत तथा इन्जिनियर इश्वरी ढकालले प्राविधिकहरुलाई बलियो घर निर्माणसम्बन्धी विभिन्न प्रविधि तथा प्रक्रियाहरुबारे प्रशिक्षणसमेत दिएका थिए।
कम्पनीले सुनवल-नवलपरासी, भैरहवा, वीरगञ्ज र झापा प्लान्ट गरी ४ वटा उद्योगहरुबाट सर्वाेत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्ट उत्पादन गर्दै आएको छ भने यसरी ४ उद्योगबाट देशैभरी सिमेन्ट बिक्रीवितरण गर्ने पहिलो कम्पनी बन्न सफल भएको छ।