बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

गल्फ लुब्रिकेन्ट्सको ब्रान्ड एम्बेसडरमा उपकप्तान पूजा महतो

आइतबार, भदौ २२ २०८२
गल्फ लुब्रिकेन्ट्सको ब्रान्ड एम्बेसडरमा उपकप्तान पूजा महतो

नेपाल ल्युबले राष्ट्रिय महिला यू-१९ क्रिकेट टोलीकी उपकप्तान पूजालाई गल्फको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ।

काठमाडौं- गल्फ लुब्रिकेन्ट्सका आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र पोखरामा 'रिडिफाइन योर लिमिट्स' नारासहित आफ्नो वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ।

सो अवसरमा नेपाल ल्युबले राष्ट्रिय महिला यू-१९ क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई गल्फको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ। यो सहकार्यले सम्पूर्ण नेपाली महिला क्रिकेटलाई समेत लाभ पुग्ने विश्वास लिइएको छ।

ब्रान्ड एम्बेसडर पूजाले उक्त ब्रान्डसँग सहकार्यलाई लिएर खुशी व्यक्त गरिन्।

कार्यक्रममा कम्पनीका एमडी एवं सीईओ तथा नाडा अध्यक्ष करण चौधरीले लुब्रिकेन्सको व्यवसाय धेरै चुनौतीपूर्ण हुँदै गएको बताए। उनले बजारमा गल्फ आगामी दिनमा अझ गतिशील हुन्छ भन्ने विश्वास व्यक्त गरे।

नेपालभरिका ३३ भन्दा बढी व्यावसायिक पार्टनर तथा नेपाल ल्युबका सञ्चालक समितिका सदस्यहरु र अन्य प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको कार्यक्रममा पार्टनरहरूको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको समग्र समीक्षा तथा आगामी दिनहरूको रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो।

कार्यक्रममा विभिन्न विधाहरुमा उत्कृष्ट प्रदर्शन गरेका गल्फका पार्टनरहरुलाई सम्मान पनि गरिएको थियो।


प्रकाशित : आइतबार, भदौ २२ २०८२१४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend