शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

सानीभेरी नदीमा अब र्‍याफ्टिङ

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १५ २०७८
images
images
सानीभेरी नदीमा अब र्‍याफ्टिङ
images
images

रुकुमपूर्व (फागुन, १५) - रुकुमपूर्वस्थित सानीभेरी नदीमा जलयात्रा (र्‍याफटिङ) गर्न सकिने भएको छ। लुम्बिनी प्रदेश, पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएको छ।  

images
images

मन्त्रालयका प्राविधिक विवेक शाहले भन्नुभयो, 'सानीभेरी नदीमा जलयात्रा गर्न सकिने छ। यसका लागि परीक्षण गर्दा सफल भयो। यस वर्ष  प्रदेशका विभिन्न नदीमा गरेका परीक्षणलाई केलाउँदा यो नै उत्कृष्ट परीक्षण हो।'

images
images

टोलीले भुमे गाउँपालिका-५ को सौरीखोलाबाट बालुवा, सिस्ने-६ को धाउने र ७ को नाथिगाड हुँदै सिस्नेरीसम्म र्‍याफ्टिङ परीक्षण गरेको थियो। सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, गाउँपालिकाका इञ्जीनियर कर्ण केसी, प्रशासन प्रमुख अरुणकुमार ओली, होटल तथा पर्यटन व्यवसायी सुनिल रोका लगायतले परीक्षण जलयात्रामा सहभागी भएका थिए। 
 
सो अवसरमा गाउँपालिकामा अध्यक्ष बरालले सिस्नेको थप विकासका लागि पर्यटनलाई ध्यान दिन जरुरी रहेको बताएका थिए। सानीभेरी नदीको करिब १३ किलोमिटर क्षेत्रमा जलयात्रा गरिएकोे थियो। यसअघि रोल्पाको माडीखोला, प्यूठानको माण्डबी नदी र दाङको राप्ती नदीमा जलयात्रा को परीक्षण गरिएको थियो। अहिलेसम्म गरिएका परीक्षणलाई हेर्दा पानीको सतह, बहने गति र भूगोलका दृष्टिकोणले सानीभेरी र्‍याफ्टिङको राम्रो सम्भावना बोकेको नदी भेटिएको प्राविधिकहरूले निष्कर्ष निकालेका छन्। अब दाङको बबई र पाल्पाको कालीगण्डीमा परीक्षण गर्न बाँकी छ।

images
images

सानीभेरी नदीको तिरमै तातोपानीको मुहान भएकाले पनि जलयात्राका लागि यस नदी उत्कृष्ट हुने जनाइएको छ। चिसो तातोपानीमा गएर विसर्जन गर्न सकिने हुदाँ सानीभेरी जलयात्राका लागि उत्तम मानिने छ। अब यहाँको परीक्षण प्रतिवेदन प्राविधिक टोलीले मन्त्रालयमा लगेर बुझाउने छ। मन्त्रालयलले प्रदेशभरिका नदीको प्रतिवेदन अध्ययन गरी उत्कृष्ट ठाउँ छनोट गर्नेछ। राम्रो सम्भावना बोकेको ठाउँमा जलयात्राको विकास र पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकारले लगानी गर्ने योजना बनाएको छ। रासस


प्रकाशित : आइतबार, फागुन १५ २०७८०५:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend