शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

बुद्ध एयरले अप्रिल १ देखि पोखरा-भद्रपुर उडान गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन १४ २०७८
images
images
बुद्ध एयरले अप्रिल १ देखि पोखरा-भद्रपुर उडान गर्ने
images
images

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले अप्रिल १ देखि पोखरा-भद्रपुर उडान गर्ने भएको छ। बुद्ध एयरका प्रबन्धक रुपेश जोशीका अनुसार अप्रिल १ देखि पोखरालाई बेस बनाएर भद्रपुर उडान गर्न लागेको हो।

images
images

पछिल्लो सयम बुद्ध एयरले पोखरालाई वेस बनाएर अन्तर सिटी उडान गर्दै आएको छ। बुद्धले अहिले पोखराबाट भैरहवा, नेपालगञ्ज, भरतपुर र सिमरामा उडान गर्दै आएको छ।

images
images

बुद्ध एयरले मार्च १ देखि पोखराबाट धनगढी र जनकपुरमा पनि उडान गर्ने भएको छ। यसैगरी बुद्ध एयरले विराटनगरबाट भैरहवा  उडानको पनि तयारी गरेको छ।

images
images

पोखराबाट उडान विस्तार गर्दै बुद्धले पोखरा–भद्रपुर उडान गर्न लागेको हो। आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओग्टन सफल एयरलाइन्स पनि बुद्ध एयर नै हो। बुद्ध एयरको बजार हिसा ५५ प्रतिशत भन्दा बढी छ।

बुद्ध एयर निरन्तर हवाईयात्रालाई सबैको पहुँच बनाएका छन् र यसलाई अझ सहज बनाउन प्रतिवद्ध रहेको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए। उनले थप ३ वटा जहाज केही महिनामै भित्र्याउने समेत बताए।

अहिले बुद्ध एयरसँग १६ वटा जहाज भएका छन्। बुद्धले २१ वटा जहाज पुर्‍याउने उद्घोष गरिसकेको छ। बुद्धसँग अहिले  ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ र २ वटा बिचएयरक्राफ्ट जहाज रहेका छन्। 

बुद्धले अहिले काठमाडौंलाई वेस बनाएर धनगढी, सुर्खेत, नेपालगञ्ज, भैरहवा, भरतपुर, जनकपुर, राजविराज, सिमरा, तम्लिङटार, विराटनगर र भद्रपुरमा उडान गर्दै आएको छ।


प्रकाशित : शनिबार, फागुन १४ २०७८१३:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend