बिहीबार , वैशाख २० गते २०८१    
images
images

पुष्पकमललाई बाबुरामले भने - एमसीसी पास गर्न साथ नदिने भए लटरपटर कुरा नगरी सरकार छाड्नुस्

images
बिजनेस न्युज
images
images
पुष्पकमललाई बाबुरामले भने - एमसीसी पास गर्न साथ नदिने भए लटरपटर कुरा नगरी सरकार छाड्नुस्
images
images

काठमाडौं- सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। 

images
images
images

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरू बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिए।

images

उनले एमसीसी सम्झौता संसदमा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने दावी समेत गरे।

images

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए। उनले आफूहरू संसदबाट स्पष्ट बहुमत पुर्‍याएर सो सम्झौता पारित गराउन लागि परेको बताए। एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो।  

images
images

उनले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औंल्याए।

‘एमसीसी सहमतिबाट पछाडि हट्दा ठूलो संकट हामीसँग आइपर्दैछ। त्यसलाई राष्ट्रिय सहमति बनाएर जानुपर्छ। यसको निम्ति अब संसदमा स्पष्ट बहुमतले पारित गर्नुपर्छ। कोही मान्छे लटरपटर पारेर लौ यो हामी छोडिदिन्छौँ, हामी चाँही बाहिर गइहाल्छौँ। तपाईं पास गर्नोस् भनेर झिनो मतले अब संसदबाट उपस्थितिको बहुमत । संसदमा ६८ जना भए कोरम पुग्छ। त्यसको आधा ३५ हुन्छ। अनि, ३५ जनाले पारित गर्ने?' उनले भने। 

'संसदको अहिलेको संख्या २७५ हो। भलै २७१ संख्या छ। यसको आधा १३८ हुन्छ। १३८ भन्दा माथि पुर्‍याएर नै यसलाई पास गर्नुपर्छ। त्यो भन्दा तल लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ। त्यसो गर्न पाइँदैन। मेरो विनम्र आग्रह छ। खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई। कित तपाईंले यसलाई साथ दिनोस् १३८ पुर्‍याएर पारित गर्नोस्। होइने भने तपाईं सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाँही राष्ट्रवाद भित्र चाँही राष्ट्रघात गर्न पाइँदैन' उनले भने। 

भट्टराईले नेपालले चीन, भारत र अमेरिकालगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने दोहोर्‍याए। उनले एमसीसी सम्झौता आफ्ना लागि नभइ राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको बताए।

images

प्रकाशित : शनिबार, फागुन १४ २०७८१०:५०
प्रतिक्रिया दिनुहोस