शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

नेपाल एयरलाइन्सको जहाज ६० दिनदेखि कतारमा, १ अर्ब २० करोड नोक्सानी

कमिसनमा कुरा नमिल्दा इन्जिन भाडामा लिने प्रक्रिया अझै मिलेन

images
शनिबार, फागुन १४ २०७८
images
images
नेपाल एयरलाइन्सको जहाज ६० दिनदेखि कतारमा, १ अर्ब २० करोड नोक्सानी
images
images

काठमाडौं- नेपाल वायुसेवा निगमको व्यवस्थापन कति चुस्तदुरुस्त छ? कसरी निगम व्यवस्थापनले काम गर्छ? निगम किन सधैँ घाटामा नै जान्छ? यसको एउटा ज्वलन्त उदाहरण विदेशी विमानस्थलमा ६० दिनदेखि ग्राउन्डेड भएर बसेको जहाज हो।

images
images

निगम (नेपाल एयरलाइन्स)को एयरबस ३२० जहाज गएको पुस १३ गतेदेखि कतारको विमानस्थलमा ग्राउन्डेड भएर बसेको छ। जहाज कतारको दोहा विमानस्थलमा अवतरणपछि पार्किङ वेमा लैजाँदै गर्दा इन्जिनमा समस्या देखिएको थियो।

images
images

जहाज निर्मात कम्पनीले जहाजको विषयमा अध्ययनसँगै जहाजको इन्जिनमा समस्या देखिएकाले इन्जिन नै मर्मत गर्नुपर्ने सुझाव दियो। सुझाव दिएको पनि सात हप्ताभन्दा बढी भइसकेको छ। प्राविधिक टोलीले जहाजको बायाँ इन्जिनमा समस्या देखिएकाले इन्जिन झिकेरै मर्मत गर्न सुझाव दिएको थियो।

images
images

तर अहिलेसम्म जहाजको इन्जिन झिकेर मर्मतको काम पनि हुन सकेको छैन भने इन्जिन भाडामा लिएर जहाज उडान गर्ने काम पनि निगमले गर्न सकेको छैन। जहाजको इन्जिन भाडामा लिने काम सुरु गरेको पनि ४० दिनभन्दा बढी भइसकेको छ। तर निगम व्यवस्थापनले कमिसनको लोभमा इन्जिन भाडामा लिने सम्झौता गर्न सकेको छैन।

निगम स्रोतका अनुसार अहिलेसम्म पनि इन्जिन भाडामा लिने सम्झौता हुन नसकेको बतायो। स्रोतका अनुसार आफूहरूले पाउने कमिसनको रमकमा बार्गेनिङ नमिल्दा जहाजको इन्जिन भाडामा लिने सम्झौता हुन नसकेको हो। दुई साता अगाडि नै निगमले एमटीयू कम्पनीसँग इन्जिन भाडामा लिने प्रक्रिया सुरु भएको र केही समयमै जहाज उडानमा लैजान भन्दै सूचना प्रकाशन गरेको थियो। तर अहिलेसम्म पनि सम्झौत हुन सकेको छैन।

यसबाट के पुष्टी हुन्छ भने निगमभित्र चरम लापरबाही छ। जसका कारण निगमको साख नै गुमेको मात्रै छैन आर्थिक नोक्सानी पनि भइरहेको छ।

निगमको एयर बस ३२०, ६० दिनसम्म उडान नहुँदा दैनिक २ करोड रुपैयाँका दरले ६० दिनमा मात्रै १ अर्ब २० करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाएको छ। निगमको एयरबस ३२० जहाजले सामान्यत दैनिक काठमाडौं-कतार (दोहा)-काडमाडौं र काठमाडौं-दुबई-काठमाडौं गरी चार वटा उडान तथा अवतरण गर्छ। चार उडान तथा अवतरणमा एयरबस जहाजको सिट क्षमता १५६ का दरले ६ सय २४ सिट हुन्छ। यो सेक्टरमा अहिले सामान्यतः एउटा सिटको मूल्य ३५ हजार रुपैयाँ हुन्छ।

योसँगै जहाज कतारमै राख्दा जहाज पार्किङका लागि मात्रै २० लाख रुपैयाँभन्दा बढी खर्च गर्न परेको छ। जहाज विमानस्थलमै लामो समय बसेपछि कतार विमानस्थले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सम्बोधन गर्दै जहाज जतिसक्दो छिटो लैजान पत्राचार पनि गरिसकेको छ। तर निगम व्यवस्थापनले कमिसनको लोभमा जहाजको इन्जिन मर्मत तथा भाडामा लिएर जहाज उडान गर्न सकेको छैन। 


प्रकाशित : शनिबार, फागुन १४ २०७८०१:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend