बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

बजाज प्रिमियर लिग : मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव

बिहीबार , भदौ १२ २०८२
बजाज प्रिमियर लिग : मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव

सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार रूपैयाँ नगद उपहार, प्लेयर अफ दि विक बन्ने ग्राहकलाई एक लाख रूपैयाँ नगद र चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर पनि मिल्ने कम्पनीले जनाएको छ।

काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (बीपीएल) सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधनमात्र नभइ जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ। त्यसैले नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयासस्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन बीपीएल सुरु गरेको हो।

यस क्याम्पेनको विशेषता के हो भने, हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै 'जति धेरै रन, त्यति धेरै नगद पुरस्कार' पाउनेछन्। साथै, नागरिकताको भरमा सहज फाइनान्सिङमा पनि यो योजना लागु हुने कम्पनीले जनाएको छ।

सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार रूपैयाँ नगद उपहार, प्लेयर अफ दि विक बन्ने ग्राहकलाई एक लाख रूपैयाँ नगद र चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर पनि मिल्ने कम्पनीले जनाएको छ।

यसरी, बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउनेछन्।

नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बताए। उनले बीपीएलले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने विश्वास व्यक्त गरे।


प्रकाशित : बिहीबार , भदौ १२ २०८२१५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend