शनिबार, वैशाख २२ गते २०८१    
images
images

संसद बैठक आज पनि स्थगित : आइतबार १ बजे बस्ने

images
बिजनेस न्युज
images
images
संसद बैठक आज पनि स्थगित : आइतबार १ बजे बस्ने
images
images

काठमाडौं- अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा सैद्धान्तिक छलफलका लागि शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ। सूचना टाँस गरी पर्सि फागुन १५ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ।

images
images
images

सचिवालयले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरी विशेष कारणवश आजको बैठक बस्न नसक्ने भएकाले पर्सि आइतबारसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ।

images

आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ अनुसार आइतबारसम्मका लागि सारिएको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। हिजो फागुन १२ गतेको बैठक पनि यसैगरी सूचना टाँस गरी आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो।

images

प्रतिनिधिसभाको आजको बैठकमा  हुने र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेस गरिने कार्यसूची रहेको थियो। 

images
images

images

प्रकाशित : शुक्रबार, फागुन १३ २०७८०७:३४
प्रतिक्रिया दिनुहोस