शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

कागजातबिना एक व्यक्ति जहाजसम्म पुगेको घटनामा वायुसेवा निगमका सुरक्षा कमाण्डर निलम्बित

images
बिहीबार , फागुन १२ २०७८
images
images
कागजातबिना एक व्यक्ति जहाजसम्म पुगेको घटनामा वायुसेवा निगमका सुरक्षा कमाण्डर निलम्बित
images
images

काठमाडौं- नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिकट र पासपोर्टबिना एक व्यक्ति जहाजभित्र प्रवेश गरेपछि सुरक्षाका कमाण्डर निलम्बित भएका छन्।  निगमले विमानस्थलका कमाण्डर ध्रुवराज थापालाई निलम्बन गरेको हो। 

images
images

सोमबार राति काठमाडौंबाट दोहा जाने तयारीमा रहेको निगमको जहाज एनएएलवाई एयरबस ३३० जहाजभित्र अनधिकृत व्यक्ति फेला परेका थिए। त्यसरी फेला परेपछि निगमले सुरक्षाका कमाण्डर थापालाई हाललाई निलम्बन गरेको हो। 

images
images

‘जहाजभित्र अनधिकृत व्यक्ति फेला परेकोले सुरक्षा व्यवस्थापनमा अत्यन्त्यै लापरबाही देखिएकोले हाल तपाईंलाई सेवाबाट निलम्बन गरिएको छ,’ थापालाई पठाएको पत्रमा उल्लेख छ।

images
images

सोमबार राति १०ः४५ मा निगमको जहाजमा रौतहटका १८ वर्षीय हस्पम आलम फेला परेका थिए। उनीसँग पासपोर्ट र टिकट केही थिएन। उनी जहाजको बिजनेस क्लास सिटमा भेटिएका थिए। सो जहाज क्याप्टेन विजय लामा नेतृत्वको टोलीले उडान भर्ने तयारी गरेको थियो।

उडान कर्मचारीले उनी जहाजभित्र छिरेको देखेपछि कागजात माग्न पुगेका थिए। कागजात नभेटिएपछि कर्मचारीले प्रहरीलाई बोलाएर जहाजबाट झारेका थिए। यसरी झार्दा वाइडबडी जहाज डेढ घन्टा डिले भएको थियो। 
 


प्रकाशित : बिहीबार , फागुन १२ २०७८१३:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend