शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

बुद्धले थप्यो एटीआर-७२

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १२ २०७८
images
images
बुद्धले थप्यो एटीआर-७२

यससँगै बुद्ध एयरको जहाज संख्या १६ पुगेको छ। जसअनुसार ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ र २ वटा बिचएयरक्राफ्ट जहाज रहेका छन्। 

images
images

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर ७२ विमान थप गरेको छ।

images
images

आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा लिइरहेको बुद्ध एयरले बजार विस्तारकै लागि थप विमान भित्र्याएको हो। बुद्ध एयरले पोखरालाई हब बनाएर देशका विभिन्न गन्तव्यमा सिधा उडान भर्ने योजनासमेत बनाइरहेको छ।

images
images

बुद्ध एयरले बुधबार साँझ थप एटीआर–७२ जहाज भित्र्याएको हो। कलसाईन नाइन एन एएनपी रहेको जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याइ दुई साताभित्र उडान सेवा दिने बुद्ध एयरले जनाएको छ। 

images
images

ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र हवाईभाडादर पनि स्वतः सस्तो र सहज हुने बुद्धको भनाइ छ।

सोहीअनुरुप बुद्ध एयरले ७२ सिटे जहाज भित्र्याएको हो। यससँगै बुद्ध एयरको जहाज संख्या १६ पुगेको छ। जसअनुसार ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ र २ वटा बिचएयरक्राफ्ट जहाज रहेका छन्। 

बुद्ध एयर निरन्तर सहज र सरल भाडादरको लागि प्रतिवद्ध समेत गर्दै आएको छ। गएको जनवरी महिनादेखि अन्तरर्राष्ट्रिय यात्रुतर्फको ‘डलर’ हवाई भाडादर ८० प्रतिशतले घटाएको छ। त्यस्तै नेपालमै ६ महिना अवधि बसाई गरेका अन्तर्राष्ट्रिय नागरिकहरुको हकमा यसअघि ७५ प्रतिशतले बढी रहेको भाडादर पनि घटाएको छ।

सस्तिएको भाडादरले पर्यटक भित्र्याउन ठूलो मद्दत गर्ने बुद्ध एयरले विज्ञिप्ति मार्फत जनाएको छ। यसबाट पर्यटन क्षेत्रलाई पनि ठूलो टेवा पुग्ने एयरको दाबी छ।

नेपाली यात्रुहरुका लागि पनि बुद्ध एयरले हवाई उडानलाई सहज र सरल बनाउँदै आएको छ। बुद्ध एयर निरन्तर हवाईयात्रालाई सबैको पहुँच बनाएका छन् र यसलाई अझ सहज बनाउन प्रतिवद्ध रहेको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए। उनले थप ३ वटा जहाज केही महिनामै भित्र्याउने समेत बताए।

बुद्ध एयरले पोखरालाई देशका विभिन्न गन्तव्यसँग सिधा उडान भरिरहेको छ। नेपालगञ्ज, भैरहवा, भरतपुर र सिमराबाट उडान भइरहेको र मार्च १ देखि जनकपुर र धनगढीबाट पनि उडान सुरू गर्न लागेको छ। त्यस्तै मार्चको १५ देखि भद्रपुरबाट पोखरा र विराटनगरबाट भैरहवा उडान भर्ने योजना पनि रहेको जनाएको छ।


प्रकाशित : बिहीबार , फागुन १२ २०७८०५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend