शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

क्यासिनो नियमावली २०७० को छैठौँ संशोधन हुँदै, अनलाइन क्यासिनो खेललाई पनि मान्यता दिने तयारी

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १२ २०७८
images
images
क्यासिनो नियमावली २०७० को छैठौँ संशोधन हुँदै, अनलाइन क्यासिनो खेललाई पनि मान्यता दिने तयारी
images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले क्यासिनो नियवमाली २०७० को संशोधन तयारी गरेको छ। विभागले छैठौँ संशोधन गर्ने तयारी गरेको हो।

images
images

विभागले संशोधनको मस्यौदा तयार पारेर मन्त्रालयमा पठाइसकेको छ। विभागले क्यासिनो नियवमाली २०७० मुख्य गरी क्यासिनो सञ्चालनका लागि आवश्यक पुँजी वृद्धि गर्न लागेको छ।

images
images

विभागले पाँचतारे होटलमा सञ्चालन हुने फूल क्यासिनोको पुँजी २५ करोडबाट बढाएर १ अर्ब रुपैयाँ पुराने प्रस्ताव गरेको छ।

images
images

यसैगरी आधुनिक मेसिन तथा उपकरणबाट क्यासिनो खेल खेलाउनेका हकमा १५ करोडबाट बढाएर ५० करोड रुपैयाँ बनाउने तयारी गरेको छ।

यसैगरी विभागले क्यासिनो नियवाली २०७० आउनुपूर्व एक तारे, दुई तारे तथा तीनतारे होटलमा सञ्चालन भएका क्यासिनो कम्पनीलाई पनि कानूनअनुसार स्थान्तरण गर्ने दिने व्यवस्था गर्न लागको छ।

विभागले यसैगरी अनलाइन क्यासिनो खेललाई पनि मान्यता दिने गरी नियमावली संशोधन गर्न लागिएको हो। क्यासिनो नियमावली पछिल्लो पटक २०७६ असारमा संशोधन भएको थियो।

उक्त संशोधनमा सीमा क्षेत्रबाट ५ किलोमिटरभित्र सञ्चालन भएका होटलमा क्यासिनो सञ्चालन गर्न नपाइने व्यवस्था परिमार्जन भएको थियो।  उक्त समयमा ५ किलोमिटरको ठाउँमा ३ किलोमिटर बनाइएको थियो।

जसका कारण पछिल्लो समय सीमा क्षेत्रमा पाँच तारे होटलबनाउनेको संख्या बढेको छ। सीमा क्षेत्रमा सञ्चालनमा आएका होटलहरूको मुख्य व्यापार नै क्यासिनो भएको छ।

अहिले नेपालमा २४ वटा कम्पनीले क्यासिनो सञ्चालन गरिरहेका छन। पछिल्लो सयम नयाँ क्यासिनो लाइसेन्स लिनेहरू सीमा क्षेत्रको होटलमा नै क्यासिनो सञ्चालन गर्ने गरी अनुमति लिएका छन्।

चालू आर्थिक वर्षमा मात्रै ८ वटा क्यासिनो कम्पनीले लाइसेन्स लिएका छन्। जसमा एक क्यासिनो कम्पनीबाहेक ७ वटा सीमा क्षेत्रकै होटलमा क्यासिनो सञ्चालन गर्ने गरी लाइसेन्स लिएका छन्।


प्रकाशित : बिहीबार , फागुन १२ २०७८००:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend