बिहीबार , साउन २९ गते २०८२    
बिहीबार , साउन २९ २०८२
images
images

कर्णालीमा जग्गा बाँझो राख्नेलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन २९ २०८२
images
images
कर्णालीमा जग्गा बाँझो राख्नेलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान र सहुलियतको व्यवस्था पनि गरिएको छ। प्रदेश सरकारले कर्जा सुविधा पनि उपलब्ध गराएको छ।

images
images

सुर्खेत- कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने भएको छ। प्रदेश सरकारले आर्थिक ऐन, २०८२ मा त्यस्तो व्यवस्था गरेको हो। 

images

उक्त ऐनअनुसार १० रोपनीसम्म जमिन बाँझो राख्नेलाई ५ सय, दशदेखि २० रोपनी बाँझो राखेमा एक हजार, २० रोपनीभन्दा बढी बाँझो राखेमा एक हजार ५ सय रुपैयाँ जरिवाना लाग्नेछ। यो ऐन प्रदेश राजपत्रमा प्रकाशित भएको छ।
   
बाँझो जमिनमा खेती गर्नेलाई अनुदान र सहुलियतको व्यवस्था पनि गरिएको छ। प्रदेश सरकारले कर्जा सुविधा पनि उपलब्ध गराएको छ।

images
images

पाँच हेक्टरभन्दा बढी जमिनमा खेती गर्नेको ऋणको सम्पूर्ण ब्याज प्रदेश सरकारले तिर्ने प्रबन्ध मिलाइएको छ। पाँच हेक्टरभन्दा कम क्षेत्रफलमा खेती गर्नेलाई पनि ७ देखि १० प्रतिशतसम्म ब्याज अनुदान दिइने व्यवस्था ऐनमा गरिएको छ। रासस

images
images
images


प्रकाशित : बिहीबार , साउन २९ २०८२१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend