बिहीबार , साउन २९ गते २०८२    
बिहीबार , साउन २९ २०८२
images
images

डल्ले खुर्सानीको खेतीबाट आत्मनिर्भर बन्दै हेलम्बुका युवा

images
बुधबार, साउन २८ २०८२
images
images
डल्ले खुर्सानीको खेतीबाट आत्मनिर्भर बन्दै हेलम्बुका युवा

अनुदान पाएसँगै हेलम्बु-५ का विभिन्न टोलमा त्यहाँका युवाहरुले व्यावसायिक डल्ले खुर्सानीखेती विस्तार गरेका छन्।

images
images

चौतारा- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-५ भारती डिप्लोका युवा परम्परागत जातको डल्ले खुर्सानीको खेती गरेर आत्मनिर्भर बन्न थालेका छन्।

images

पाँच वर्षअघि स्थानीय युवा वीरजित तामाङले डल्ले खुर्सानीको व्यावसायिक खेतीको सुरुवात गरेका थिए। उनले गरेको खुर्सानीखेती फस्टाएपछि हाम्रो साझा कृषि सहकारी संस्थाको समन्वय र सहयोगमा हेलम्बु कृषि शाखाले आर्थिक वर्ष २०८१/८२ को कार्यक्रमबाट आधुनिक प्रविधिद्वारा खुर्सानी रोप्न प्रयोग गरिने मल्चिङ प्लास्टिक ५० प्रतिशत अनुदानमा दिएको सहकारीका अध्यक्ष सानुकान्छा तामाङ बताउँछन्।

images
images

उक्त अनुदान पाएसँगै हेलम्बु-५ का विभिन्न टोलमा त्यहाँका युवाहरुले व्यावसायिक डल्ले खुर्सानीखेती विस्तार गरेको व्यवसायी वीरजित बताउँछन्। वीरजितले मात्रै तीन हजार खुर्सानीका बोट लगाएका छन्। खुर्सानीबाट गत साल पाँच लाख रूपैयाँभन्दा माथि आम्दानी गरेको उनी बताउँछन्।

images
images
images

'गत वर्ष असिनाले गर्दा अलि कम भयो यस वर्ष त्योभन्दा बढी आम्दानी हुन्छ', वीरजित बताउँछन्। उनका अनुसार हेलम्बु-५ का विभिन्न टोलमा गरी त्यहाँका युवा किसानले १५ हजारभन्दा माथि खुर्सानीका बोट हुर्काएका छन्। सोही गाउँको खर्पुजे, प्रम्ची डाँडालगायत स्थानमा लगाइएको व्यावसायिक डल्ले खुर्सानीखेतीबाट यस वर्ष ५० लाखभन्दा माथि आम्दानी हुने अपेक्षा गरेको अर्का व्यवसायी वीरमान तामाङ बताउँछन्।

उनीजस्तै पारित, सन्ज्या र बुद्धि तामाङलगायत युवाहरुले यो व्यवसाय गरेका छन्। डल्ले खुर्सानी औषधिजन्य भएको हुनाले स्थानीयस्तरमै बिक्री हुने र बढी भएको मात्र काठमाडौंसम्म लैजाने गरेको व्यवसायी वीरमान बताउँछन्।

गाउँपालिकाको कृषि शाखाद्वारा ५० प्रतिशत अनुदानमा एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत उक्त वडामा आधुनिक खेती गर्न प्रयोग गरिने मल्चिङ प्लाष्टिक पाएसँगै त्यहाँका युवा किसान डल्ले खुर्सानीखेतीमा आकर्षित हुँदै आएका कृषि शाखाका प्रमुख भूपेन्द्र वली बताउँछन्। गाउँपालिकाको कृषि शाखाले डल्ले खुर्सानी व्यवसाय गर्ने किसानलाई मल्चिङ प्लाष्टिक र प्राविधिक सहयोग गरेको उनले जानकारी दिए।

नुवाकोट र सिन्धुपाल्चोकको सिमाना पर्ने गोल्फु भञ्ज्याङनजिक रहेको हेलम्बुको ‘भारती डिप्लोमा’ गाउँ समुद्री सतहदेखि एक हजार ८०० मिटर उचाइमा रहेको छ। गाउँभन्दा माथि दुई हजार ४०० मिटर उचाइ रहेको लेकमा लटरम्म स्याउ फलेको देख्न सकिन्छ भने तल गाउँमा पाखोबारीमा किसानले लगाएको डल्ले खुर्सानीको हराभरा देख्न सकिन्छ। रासस


प्रकाशित : बुधबार, साउन २८ २०८२१३:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend