बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
images
images

देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न, मधेसमा रोपाइँ कम

images
मंगलबार, साउन २७ २०८२
images
images
देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न, मधेसमा रोपाइँ कम

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार यस वर्ष देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ।

images
images

काठमाडौं- कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार यस वर्ष देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ। गत वर्षको सोही अवधिसँग तुलना गर्दा ८ प्रतिशत बढी रोपाइँ भएको मन्त्रालयले जनाएको छ। हालसम्म करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रमा रोपाइँ भइसकेको छ भने देशभर करिब १४ लाख हेक्टर जमिन धान खेतीका लागि उपयुक्त रहेको छ।

images

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७ प्रतिशत, कर्णाली र लुम्बिनी प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको छ। भदौको दोस्रो सातासम्म देशभर ९८ प्रतिशत रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ।

images
images

तर मधेस प्रदेशमा हालसम्म ७६ प्रतिशत मात्र रोपाइँ भएको छ, जुन गत वर्षको ९७ प्रतिशतभन्दा उल्लेखनीय रूपमा कम हो। यहाँ मनसुनको ढिलो सक्रियता र आवश्यक वर्षाको कमीका कारण रोपाइँमा कमी आएको मन्त्रालयले जनाएको छ।

images
images
images

धान उत्पादनको दृष्टिले तराई क्षेत्र उपयुक्त मानिएको छ जहाँ कुल उत्पादनको करिब ७० प्रतिशत उत्पादन हुने गरेको छ भने बाँकी ३० प्रतिशत पहाडी भू-भागले योगदान गर्दछ।

आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो भने चालु वर्ष ६० लाख मेट्रिकटन धान उत्पादन हुने अपेक्षा गरिएको छ। यसबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल उत्पादन हुने सम्भावना छ।

मन्त्रालयका अनुसार प्रतिकूल मौसम, प्राकृतिक विपद्, अतिवृष्टि र अनावृष्टि जस्ता चुनौतीका बाबजुद उन्नत प्रविधि, ज्ञान र उन्नत जातका बीउबिजनको प्रयोगले यस वर्ष धान उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरिएको छ।


प्रकाशित : मंगलबार, साउन २७ २०८२०७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend