बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक

सोमबार, साउन २६ २०८२
शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक

गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको विशेष उपस्थितिमा भदौ १२ गते काठमाडौंमा उक्त सेमिनार हुन लागेको हो।

काठमाडौं- नेपालमा पहिलोपटक आयोजना हुन लागेको ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’ कार्यक्रमको मुख्य प्रायोजकको रूपमा शिवम् सिमेन्ट आबद्ध भएको छ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यावसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको विशेष उपस्थितिमा भदौ १२ गते काठमाडौंमा उक्त सेमिनार हुन लागेको हो।

३ वटा गिनिज वर्ल्ड रेकर्ड राखेका डा. उज्ज्वल पाटनीले १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन्।

यस्तै, टप टेन थिंकर २०१४ र बेस्ट कर्पोरेट ट्रेनर अफ इन्डियाजस्ता प्रतिष्ठित सम्मानहरू उनले प्राप्त गरेका छन्।


प्रकाशित : सोमबार, साउन २६ २०८२१२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend