शनिबार, साउन १२ गते २०८१    
images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षालाई गिज्याउने एउटा घटना

images
बुधबार, फागुन ११ २०७८
images
images
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षालाई गिज्याउने एउटा घटना
images

काठमाडौं- गएको सोमबार राति पौने ११ बजे नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाजको कतार उडान तालिका तय भएको थियो। सोहीअनुसार नै सम्पूर्ण तयारी भएको थियो।

images
images

जहाजको कमान्ड गर्दै थिए नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा। तर जहाज समयमा उडान गर्न सकिएन। जहाज समयमै उडान गर्न नसक्नुको कारण थियो, जहाजभित्र पहिले नै गएर एक व्यक्ति बिजनेस क्लासको सिटमा बसिरहेका थिए।

images

जहाजमा बसेको मान्छेसँग न त भिसा कपी थियो न त पासपोर्ट नै थियो। न त उनी कुनै सुरक्षा जाँच प्रक्रिया पूरा गरेर जहाजमा पुगेका थिए।

जहाजमा रहेको मान्छे माथि शंका उत्पन्न भयो। सुरक्षाका खटिएका प्रहरी तथा विमानस्थलका कर्मचारीहरूले उनलाई केरकार गर्न थाले। तर उनीसँग केही थिएन। उनलाई प्रहरीले पक्राउ गर्‍यो। गौशाला प्रहरी वृतमा लगेर उनलाई राखियो। उनलाई प्रहरीले अनुसन्धान तथा सोधखोजकै लागि थुनामा राख्ने गरी समय थपको अनुमति लिइसकेको छ।

images

ती व्यक्ति कसरी जहाजसम्म पुगे भन्ने विषयमा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय, प्रहरी लगायतका सुरक्षा निकायले अध्ययन अनुसन्धान गरिरहेको छ।

अहिले प्रहरीले उनको मानसिक सन्तुलन ठीक नभएको भन्दै आएको छ। प्रहरीले उनले विभिन्न खाले फरक जवाफ दिएको बताइरहेको छ। ती व्यक्ति थिए- रौतहटका हस्पम आलम। तर उनको अन्य विवरण अहिलेसम्म खुल्न आएको छैन।

ती व्यक्ति यसरी विमास्थलमा प्रवेश गरेको यो पहिलो घटना भने होइन। उनी एक महिनाअगाडि पनि विमानस्थलको रन-वेसम्म पुगेको रहस्यसमेत खुल्न आएको छ।

एक महिनाअगाडि पनि प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउपछि मानसिक सन्तुलन गुमाएको भन्दै उनलाई छोडेको प्रहरी स्रोतकै भनाइ छ। तर अहिले दोस्रो पटक त उनी जहाजभित्रै गएर बसेपछि यो विषय बाहिर आएको हो। 

यस विषयमा हामीले विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई सोधेको थियौँ। उनले एउटै व्यक्ति दुई पटकसम्म कहिले रन-वे त कहिले जहाजसम्म पुगेको घटना गम्भीर नै रहेको बताए। उनले प्रवेशका लागि दुवैपटक विमानस्थलको टर्मिनल भवन प्रयोग नगरेको ठाकुर बताउँछन्। उनले नेपाल आयाल निगमको इन्धन डिपो साइटबाट अहिले नयाँ बनेको रिमोर्ट पार्किङ क्षेत्रको बाटो प्रयोग गर्दै जहाजसम्म पुगेको देखिएको ठाकुरको भनाइ छ।

यसमा कमजोरी कहाँबाट कसरी भयो त? कार्यालयलको कमजोरी छ? सुरक्षा निकायको कमजोरी छ? एउटै व्यक्ति कसरी दुई पटकसम्म यो काम गरिरहेका छ? यो सबै विषयमा सबै सरोकार पक्षसँग छलफल भइरहेको ठाकुर बताउँछन्।

प्रहरीले उनको मानसिक सन्तुलन ठीक नभएको हुन सक्न भने पनि सामान्य केरकारमा छोड्न नमिल्ने ठाकुरको भनाइ छ। उनको पारिवारिक विवरण लगायतका सबै विषय खोजि भइरहेको र सोहीअनुसार अहिले प्रक्रिया अघि बढाएको ठाकुरको भनाइ छ। मानसिक सन्तुलन गुमाएको हो वा होइन यस विषयमा पनि स्वास्थ्य परीक्षण गर्नुपर्ने भनाइ छ।

यसमा कमजोरी क-कसको?

विमानस्थल कार्यालयका प्रमुख ठाकुरका अनुसार यसमा एक पक्षमात्रै दोषी रहेको भनेर कोहीले पनि उन्मुत्ति पाउने अवस्था छैन। यस विषयमा छानबीन गर्न समिति समेत बनिसकेको उनको भनाइ छ। यसबाट देखिएको कमजोरीसमेत सुधार गर्दै लैजाने उनको भनाइ छ।

विमानस्थलको सुरक्षामा पहिलो सीमा सुुरक्षा (चार किल्ला)मा सेना रहेको हुन्छ। त्यो व्यक्ति सेनाको घेरा तोडेर रिमोट पार्किङ क्षेत्रबाट कसरी प्रवेश गर्‍यो यो विषय पनि संवेदनशील रहेको ठाकुर बताउँछन्।

त्यसपछिको सुरक्षामा प्रहरी खटिएको हुन्छ। ती व्यक्तिले दुई पटकसम्म कसरी घेरा पार गरेको हो भन्ने विषयमा अध्ययन हुने उनको भनाइ छ। यसैगरी विमानस्थलमा खटिने कर्मचारी र एयरलाइन्सका कर्मचारीलाई समेत छक्याउने गरी जहाजसम्म कसरी पुगे भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको ठाकुर बताउँछन्।

‘यो विषय सामान्य विषय होइन। यसलाई हामीले विस्तृत रुपमा अध्ययन अनुसन्धान गरिरहेको छौँ,’ ठाकुरले भने, ‘यो व्यक्ति कसैबाट परिचालन भएको त होइन। कसैबाट परिचालन भएको छैनन् भने जहाजसम्म कसरी पुगे भन्ने विषयमा अध्यनन गरी आवश्यक कदम अगाडि चाल्छौँ।’

यता प्रहरीले भने विमानस्थलमा सबै यात्रुलाई सुरक्षाका नाममा सास्ती दिइरहेको घटना बाहिर आएको छ। केही दिनअगाडि मात्रै पनि प्रहरीले डिजिटल टिकटसमेत नचल्ने भन्दै प्रिन्ट टिकट मागेर यात्रुलाई सास्ती दिँदै आएका थिए। तर यस्तो संवेदनशील विषयमा भने प्रहरीले घटना गुपचुपमै राख्न खोजेको छ।


प्रकाशित : बुधबार, फागुन ११ २०७८०६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend