काठमाडौं- साउनको अन्तिम सोमबार भोलि चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती हुने भएको छ। चन्द्रागिरी हिल्स लिमिटेडले साउन विशेष महाआरती उत्सव आयोजना गर्न लागेको हो।
भोलि पूरै दिन मन्दिर परिसरमा विशेष भजनकीर्तन हुनेछ। साँझ ६:३० बजेपछि विशेष महाआरती सम्पन्न हुनेछ।
चन्द्रागिरी हिल्सले महाआरतीमा सहभागी हुन आउने भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै विशेष टिकट अफर सार्वजनिक गरेको छ। सो अवसरमा केबलकार टिकटमा सोमबार दिइने २५ प्रतिशत छुटका साथै साँझ ४ बजेपछि टिकट मात्र ४ सय रूपैयाँमा उपलब्ध हुनेछ।
यसअघि साउन महिनाका तीनवटै सोमबार चन्द्रागिरी भालेश्वर मन्दिर परिसरमा विशेष कार्यक्रम तथा महाआरती सम्पन्न भइसकेको छ।