बिहीबार , साउन २२ गते २०८२    
बिहीबार , साउन २२ २०८२
images
images

पृथकरुपमा अवलोकनकर्ता आकर्षित गरिरहेको नाइमा मोबिलिटी एक्स्पो

images
बिहीबार , साउन २२ २०८२
images
images
पृथकरुपमा अवलोकनकर्ता आकर्षित गरिरहेको नाइमा मोबिलिटी एक्स्पो

बिक्री केन्द्रितमात्र नभइ नयाँ सवारी र प्रविधि प्रदर्शनी गर्दै सवारी तथा सवारीजन्य विषय मन्थन गर्ने उद्देश्य राखेर आयोजना भएको पहिलो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ दोस्रो दिन सकिँदा सफलताउन्मुख देखिएको छ।

images
images

काठमाडौं- पहिलोपटक आयोजना भएको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' अवलोकनकर्तामाझ आफ्नो पृथक परिचय स्थापित गर्दै सफलताउन्मुख देखिएको छ। सवारी पारखीहरू नाइमामा सजाइएका सवारीसाधनबारे त उत्सुक छन् नै यसको व्यवस्थापन शैली र खुला साजसज्जाले आकर्षित देखिन्छन्। 

images

नेपाली अटोमोबाइल व्यवसायीहरूले दुई संस्थामार्फत समान लक्ष्य प्राप्तिका लागि अलग-अलग बाटो हिँड्ने तय गरे। नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले यो वर्ष दुई अटो शोको योजना तयार पारे। त्यहीअनुसार नाइमाको मोबिलिटी एक्स्पो गएको बुधबारदेखि चलिरहेको छ। नाडाले आउँदो भदौ ३ लाई मिति तय गरेको छ। 

images
images

नाइमाको आयोजनामा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ पहिलोपटक काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा चलिरहेको हो। दुई दिन पूरा गरेको नाइमा मोबिलिटी एक्स्पो अब शुक्रबार, शनिबार र आइतबारसहित थप तीन दिन चल्नेछ।

images
images
images

उद्घाटनमा देखिएको व्यवस्थित व्यवस्थापन र मोबिलिटी एक्स्पोका लागि तय गरिएका स्टल, आवागमन र उपलब्ध स्पेसले सवारी प्रदर्शनीलाई भिन्न देखाएको अनुभूति त्यहाँ पुग्नेहरूले गरिरहेका छन्। 

गएको फागुनमा औपचारिक रुपमा नयाँ संस्था नाइमाको घोषणा गर्दा नै मोबिलिटी एक्स्पो गर्ने घोषणासमेत भएको थियो। सोहीअनुसार अहिले नाइमाले गरेको मोबिलिटी एक्स्पोबाट धेरैले पृथक र व्यवस्थित महसुस गरेका छन्। 

आयोजना भएको पहिलो वर्ष नै ५० ब्रान्डले नाइमा मोबिलिटी एक्स्पोमा आफ्ना सवारी प्रदर्शनीमा राखेका छन्। ३५ वटा नयाँ मोडलका कार र मोटरसाइकल सार्वजनिक गरिएका छन्।

नाइमा मोबिलिटी एक्स्पो २०२५ का संयोजक शिरिष मुरारकाले एक्स्पो आयोजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नाइमा मोबिलिटी एक्स्पो फरक हुने बताएका थिए। मुरारकाले भनेझैँ नाइमा जाने हरेक अवलोकनकर्ताले फराकिलो स्टल, पर्याप्त कस्टुमर लाउन्ज, झन्झटरहित आवागमन तथा पर्याप्त पार्किङ र यसको व्यवस्थापन अनुभूत गर्न पाइरहेका छन्। नाइमाले पार्किङका लागि प्रदर्शनी हलकै पछाडि र नेपाल पुलिस क्लबमा पर्याप्त ठाउँको व्यवस्था गरेकाले पनि अवलोकनकर्तालाई सहज बनाएको छ। 

naima (2).jpg

नाइमाले मोबिलिटी एक्स्पो आयोजना गरिरहँदा मध्य बर्खा भएकाले अवलोकनकर्ता अउलान् या नआउलान् भन्ने संशय थियो। तर पहिलो दिन १५ हजार र दोस्रो दिन १४ हजार अवलोकनकर्ता आएकाले नाइमा मोबिलिटी एक्स्पोले सफलताको संकेत दिइसकेको छ। यसले नाइमा मोबिलिटी एक्स्पो आयोजकलाई उत्साहित पनि तुल्याएको छ।

अर्को सकारात्मक पक्ष के हो भने मध्य बर्खामै आयोजना हुँदा पनि नाइमा मोबिलिटी एक्स्पोलाई मौसमले समेत साथ दिएको छ। बुधबार र बिहीबार दुवै दिन एक्स्पोको अवधिभर पानी परेन। जसले गर्दा अवलोकनकर्ताको आवागमन र व्यवस्थापकमा थप झन्झट भएन। 

केही अवलोकनकर्ताले कुनै ब्रान्ड नभएको हो कि भन्ने आभाष गरेको पाइएपनि अधिकांश अवलोकनकर्ताले धेरै नै ब्रान्ड भएको र गाडी किन्ने र बुकिङ गर्नका लागि पर्याप्त छनोटको अवसर पाएको अनुभव सुनाएका छन्।

धेरै उपभोक्ता/अवलोकनकर्तालाई नयाँ सार्वजनिक भएका कार र मोटरसाइकलले आकर्षित गरिरहेको छ। यसले पनि उपभोक्ताको छनोटको अवसरलाई नाइमा मोबिलिटी एक्स्पोले उपलब्ध गराउन सफल भएको छ। 

naima (1).jpg

४८ वटा स्टल रहेको नाइमा मोबिलिटी एक्स्पोमा २१ वटा कार ब्रान्ड, १८ वटा मोटरसाइकल तथा स्कुटर ब्रान्ड र ८ वटा लाइट कमर्सियल सवारी ब्रान्डले आफ्ना नेपालमा उपलब्ध सवारी मोडलका लाइनअप प्रदर्शनीका लागि राखेका छन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले यसमा साथ दिएका छन्।

नाइमाले सवारी प्रदर्शनीका साथै ज्ञानवर्द्धक कार्यक्रमको सिरिज पनि गरिरहेको छ। पहिलो दिनदेखि नै सुरु भएको विभिन्न विषय विज्ञहरूसँगको कुराकानी अन्तिम दिन साउन २५ गतेसम्म जारी रहनेछ। यसले अवलोकनकर्ता तथा आगन्तुकहरूलाई अटोमोबाइल, सडक सुरक्षा, भविष्यमुखी मोबिलिटीलगायत बारेमा बुझ्न र जानकारी हासिल गर्न सहयोग पुग्नेछ। 

विद्युतीय सवारी किन्नेदेखि आईसी इन्जिन सवारी किन्नेसम्मलाई नाइमाले आकर्षक अफर दिइरहेको छ। लिगेसी ब्रान्डदेखि सफल स्टार्टप कम्पनीसम्मले उत्पादन गरेका विद्युतीय कार अवलोकनकर्ताको छनोटमा उपलब्ध छ। दुईपांग्रे सवारीमा पनि विद्युतीयदेखि नयाँ मोडलका मोटरसाइकल/स्कुटरले बाइक इन्थुजियास्टको ध्यान खिचिरहेको छ।

बिक्री केन्द्रितमात्र नभइ नयाँ सवारी र प्रविधि प्रदर्शनी गर्दै सवारी तथा सवारीजन्य विषय मन्थन गर्ने उद्देश्य राखेर आयोजना भएको पहिलो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ दोस्रो दिन सकिँदा सफलताउन्मुख देखिएको छ। 


प्रकाशित : बिहीबार , साउन २२ २०८२१९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend