शनिबार, वैशाख २२ गते २०८१    
images
images

एमसीसीका पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैन : गगन थापा

images
बिजनेस न्युज
images
images
एमसीसीका पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैन : गगन थापा
images
images

चितवन- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन्। मंगलबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने बताए। 

images
images
images

उनले भने, 'सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । तरसँगै जान्छौँ भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ। कि यसका पक्षमा मतदान गरेरसँगै बसौँ। फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन।'

images

हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उनले छलफलपछि सबैले एमसीसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे।

images

तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उनले नेताले पहिला सरकारमा रहँदा पनि ठीक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे। एमसीसीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने उनले बताए। 

images
images

उनले भने, 'यो सम्झौताको पक्षमा कांग्रेस किन उभियो भन्ने कुरा हामी जनता  गएर भन्दछौँ।  सिङ्गो पार्टी एमसीसीका पक्षमा छ।' रासस

images

प्रकाशित : मंगलबार, फागुन १० २०७८१०:१२
प्रतिक्रिया दिनुहोस