बिहीबार , साउन २२ गते २०८२    
बिहीबार , साउन २२ २०८२
images
images

कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २१ २०८२
images
images
कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ
फाइल तस्बिर

जुम्लामा दुई हजार ८ सय ९० हेक्टर, हुम्लामा ५ सय ८५ हेक्टर र डोल्पाको १ सय ९८ हेक्टरमा रोपाइँ सकिएको छ।

images
images

सुर्खेत- कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ। कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशको ४१ हजार ४२ हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३९ हजार ५ सय ९४.९ हेक्टरमा रोपाइँ सकिएको हो। 

images

निर्देशनालयका निमित्त निर्देशक तिलकप्रसाद पाण्डेका अनुसार प्रदेशका १० जिल्लामध्ये जुम्ला, हुम्ला र डोल्पाले शतप्रतिशत रोपाइँ भएको छ। जुम्लामा दुई हजार ८ सय ९० हेक्टर, हुम्लामा ५ सय ८५ हेक्टर र डोल्पाको १ सय ९८ हेक्टरमा रोपाइँ सकिएको छ। 

images
images

चार जिल्लामा रोपाइँ ९९ प्रतिशतको हाराहारीमा पुगेको छ। जाजरकोटमा सबैभन्दा बढी ९९.२ प्रतिशत रोपाइँ हुँदा सल्यान, मुगु र रुकुम पश्चिममा समान ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

images
images
images

जाजरकोटमा दुई हजार ६ सय ४५ हेक्टरमध्ये दुई हजार ६ सय २३ हेक्टर र सल्यानमा छ हजार १ सय ३४ हेक्टरमध्ये छ हजार ७२ हेक्टरमा रोपाइँ सकिएको हो। कालिकोटमा दुई हजार ४ सय ६२ हेक्टरमध्ये ९८ प्रतिशत अर्थात् दुई हजार ४ सय १२ हेक्टरमा रोपाइँ सकिएको छ।

प्रदेशमा सबैभन्दा बढी धानखेती हुने सुर्खेतमा भने ९५ प्रतिशत रोपाइँ भएको छ। सुर्खेतमा कुल १४ हजार ९ सय २१ हेक्टर क्षेत्रफलमध्ये १४ हजार १ सय ७४ दशमलव ९५ हेक्टरमा रोपाइँ सकिएको छ। दैलेखमा कुल सात हजार ६ सय २० हेक्टरमध्ये सात हजार ८६ दशमलव ६ हेक्टरमा रोपाइँ भएको छ। रासस


प्रकाशित : बुधबार, साउन २१ २०८२०९:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend