बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

मंगलबार, साउन २० २०८२
एनएमबि बैंकद्वारा प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

हस्तान्तरण गरिएका सामग्रीमा रबर बोटसहित लाइफ ज्याकेटहरु र अन्य आपतकालीन उपयोगी उपकरणहरू समावेश रहेको बैंकले जनाएको छ।

काठमाडौं- एनएमबि बैंकले प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत एउटा १६ फिटको सेल्फ-बेलिङ राफ्ट, लाइफ ज्याकेटहरु, र अन्य विपद् उद्धार सामग्रीहरु नेपाल प्रहरीलाई मंगलबार हस्तान्तरण गरेको हो।

मनसुनको मौसम र यसमा देखिने अस्थिरता तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौंको रानीपोखरीस्थित, काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमबीच उद्धार सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत, गोविन्द घिमिरेले नेपाल प्रहरीका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक, टेकबहादुर तामाङलाई औपचारिकरूपमा ती उद्धार सामग्रीहरू हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोटसहित लाइफ ज्याकेटहरु र अन्य आपतकालीन उपयोगी उपकरणहरू समावेश रहेको बैंकले जनाएको छ।

मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरूको सम्भावना उच्च हुने भएकाले यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकको छ।

एनएमबि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, तथा विपद् व्यवस्थापनजस्ता विभिन्न क्षेत्रहरूमा निरन्तर योगदान पुर्‍याउँदै आइरहेको छ। यस प्रकारको सहयोगले समुदायमा बैंकको प्रतिबद्धता झल्काउने विश्वास बैंकको रहेको छ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटीएमहरु र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।


प्रकाशित : मंगलबार, साउन २० २०८२१७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend