बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

मंगलबार, साउन २० २०८२
सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

सानिमा बैंकले प्रत्येक 'नारी बचत खाता' खोलेबापत बैंकको तर्फबाट मासिक १ रूपैयाँको दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएको छ।

काठमाडौं- सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

उक्त सम्झौताअन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ। बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि उक्त अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आइरहेको जनाएको छ।

सानिमा बैंकले प्रत्येक 'नारी बचत खाता' खोलेबापत बैंकको तर्फबाट मासिक १ रूपैयाँको दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएको छ। सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पताल मार्फत विपन्न नारीहरुको उपचारमा सहयोग गर्दै आएको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३४ कार्यालय र १२७ वटा एटीएम सञ्चालनमा रहेका छन्।


प्रकाशित : मंगलबार, साउन २० २०८२१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend