मंगलबार, साउन २० गते २०८२    
मंगलबार, साउन २० २०८२
images
images

आम्दानीका लागि लगाइएका किबीका बोटले फल नदिएपछि किसान चिन्तित

images
मंगलबार, साउन २० २०८२
images
images
आम्दानीका लागि लगाइएका किबीका बोटले फल नदिएपछि किसान चिन्तित

करिब चार वर्ष लगानी गरी उत्पादन दिने समयमा फल नलागेपछि किसान चिन्तित भएका हुन्।

images
images

डोटी- यहाँका किसानले किबीखेतीमार्फत आम्दानी गर्ने उद्देश्यले लगाइएका किबीका बोटले फल नदिएपछि चिन्तित भएका छन्। करिब चार वर्ष लगानी गरी उत्पादन दिने समयमा फल नलागेपछि किसान चिन्तित भएका हुन्।

images

बडिकेदार गाउँपालिका-४ रनुकाँडाका लक्ष्मण ताडीले चार वर्षअघि करिब पाँच रोपनी क्षेत्रफलमा किबीखेती सुरु गरेका थिए। अहिले फल नदिँदा मेहनत र लगानी दुवै गुम्ने अवस्थामा पुगेको उनले गुनासो गरे।

images
images

जिल्लास्थित कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा उदयसिंह कृषि तथा बहुउद्देश्य फार्म स्थापना गरेर किबीखेतीसँगै अन्य तरकारीखेती गरिरहेको चार वर्ष भएको जनाउँदै उनले किबीमा तीन/चार वर्ष लगातार लगानी गरिए पनि उत्पादन हुने समयमा समस्या देखिएको बताए।

images
images
images

'किबी अरु फलभन्दा फरक हुन्छ। यसमा भाले र पोथी हुने भएकाले कम्तीमा पाँच वटा बोट लगाउँदा एउटा बोट भाले लगाउनुपर्ने हुन्छ। भालेबोट नभएका कारण यस्तो समस्या देखिएको हो। यसलाई ‘टपवर्किङ’का माध्यमबाट समस्या समाधान गर्न सकिन्छ', केन्द्रका प्रमुख गंगादत्त अवस्थीले भने।

उनका अनुसार जिल्लामा एक हजारभन्दा बढी किबीका बोट लगाइएका छन्। खेती गर्नेको सङ्ख्या कम भए पनि पछिल्लो समय किबीखेतीतर्फ आकर्षण बढिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, साउन २० २०८२११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend