मंगलबार, साउन २० गते २०८२    
मंगलबार, साउन २० २०८२
images
images

नार्क र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले कृषि अनुसन्धानमा सहकार्य गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २० २०८२
images
images
नार्क र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले कृषि अनुसन्धानमा सहकार्य गर्ने

कृषि र पशुपक्षीसँग सम्बन्धित प्रकाशित सामग्रीहरुको आदानप्रदान, उपलब्ध बीउबिजन र सामग्रीहरुको आदानप्रदान, शैक्षिक कार्यक्रमको तर्जुमा, उच्च  तहका शोध अनुसन्धान र शोधपत्र जस्ता विषयमा सहकार्य गर्ने कुरा उल्लेख गरिएको छ।

images
images

काठमाडौं- नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच प्राज्ञिक र कृषि अनुसन्धानका विविध विषयमा आपसी सहकार्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

images

परिषद्को केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा आयोजित एक कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिना र विश्वविद्यालयका अध्यक्ष प्रा. राजेन्द्रध्वज जोशीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

images
images

समझदारीपत्रमा खाद्यान्न, तरकारी र पशुपालनका उत्पादन र उत्पादनोपरान्तका प्रविधिहरुको व्यावसायीकरण, प्रांगारिक उत्पादनका प्रविधिहरुको विकास, अत्याधुनिक प्रविधिहरुको कृषिमा प्रयोग जस्ता विषयमा दुबै संस्थाको सहकार्यका पक्षहरुलाई समावेश गरिएको छ।

images
images
images

यसैगरी कृषि र पशुपक्षीसँग सम्बन्धित प्रकाशित सामग्रीहरुको आदानप्रदान, उपलब्ध बीउबिजन र सामग्रीहरुको आदानप्रदान, शैक्षिक कार्यक्रमको तर्जुमा, उच्च  तहका शोध अनुसन्धान र शोधपत्र जस्ता विषयमा सहकार्य गर्ने कुरा उल्लेख गरिएको छ।   

हस्ताक्षर कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा. तिम्सिनाले समझदारीप्रति खुशी व्यक्त गर्दै दुबै संस्थाबीच भएको यो समझदारीले राष्ट्रिय प्राथमिकतामा आधारित कृषि अनुसन्धानमा अत्याधुनिक प्रविधि समेतको प्रयोग गरी उपयुक्त प्रविधि विकासमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने बताए। उनले परिषद्का वैज्ञानिक एवम् विश्वविद्यालयका विद्यार्थीहरुबीच प्राज्ञिक सम्बन्ध कायम गरी उत्कृष्ट अनुसन्धान मार्फत् वृत्तिविकास गर्न सहयोग पुग्ने धारणा राखे। उनले यस समझदारीको प्रभावकारी कार्यान्वयनबाट तोकिएका लक्ष्य हासिल गर्नसकिने विश्वास व्यक्त गरे। 

यसैगरी विश्वविद्यालयका अध्यक्ष प्रा. जोशीले नेपालको आर्थिक विकासको लागि उत्कृष्ट कृषि अनुसन्धान र शिक्षणका लागि परिषद् जस्तो संस्थासँग सहकार्य गर्न पाउँदा खुशी लागेको कुरा व्यक्त गरे। उनले परिषद्सँग आभार प्रकट गर्दै वैज्ञानिकहरुसँग विद्यार्थीहरुको सहकार्यले केही वर्षमा प्रतिफल देखिने आशा लागेको बताए।

समझदारीको पृष्ठभूमि बताउँदै राष्ट्रिय कृषि इञ्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीमत श्रेष्ठले परिषद्लाई मानित विश्वविद्यालयको अवधारणामा लैजाने प्रयास भइरहेको बेला यो विश्वविद्यालयसँगको सहकार्यले देशका कृषिका जल्दाबल्दा समस्या समाधान गर्न उत्कृष्ट प्राज्ञिक जनशक्तिको विकास गर्न सकिने धारणा राखे। 

कार्यक्रममा परिषदका पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनाल, बाली तथा बागवानी अनुसन्धान निर्देशक बिनेशमान साखः, आर्थिक प्रशासन निर्देशक मनसकुमार कँडेल, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्याय, कार्यकारी निर्देशकको सचिवालयका वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्याल र प्राविधिक अधिकृत रबिन गिरीलगायतको उपस्थिति थियो।  


प्रकाशित : मंगलबार, साउन २० २०८२१०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend