सोमबार, साउन १९ गते २०८२    
सोमबार, साउन १९ २०८२
images
images

गण्डकीमा ८९ प्रतिशत रोपाइँ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १९ २०८२
images
images
गण्डकीमा ८९ प्रतिशत रोपाइँ

तनहुँमा ९१ प्रतिशत, म्याग्दीमा ९० दशमलव ०१ प्रतिशत, पर्वतमा ९० प्रतिशत, नवलपुरमा ७९ दशमलव २७, स्याङ्जामा ८८ दशमलव ४९ र गोरखामा ८४ दशमलव ०७ प्रतिशत रोपाइँ भएको हो।

images
images

गण्डकी- गण्डकी प्रदेशमा हालसम्म ८९ प्रतिशत रोपाइँ भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म ८३ हजार ७ सय ९४ हेक्टर क्षेत्रफल अर्थात् ८८ दशमलव ९७ मा रोपाइँ गरिएको हो।

images

यसवर्ष ९४ हजार १ सय ८२ हेक्टरमा रोपाइँ हुने अनुमान रहेको निर्देशनालयका कृषिअर्थ विज्ञ मनोज पौडेलले जानकारी दिए। 

images
images

उनका अनुसार सबैभन्दा बढी बागलुङमा ९६ दशमलव ८१ प्रतिशत, लमजुङमा ९५ दशमलव २८ प्रतिशत, कास्कीमा ९५ प्रतिशत, तनहुँमा ९१ प्रतिशत, म्याग्दीमा ९० दशमलव ०१ प्रतिशत, पर्वतमा ९० प्रतिशत, नवलपुरमा ७९ दशमलव २७, स्याङ्जामा ८८ दशमलव ४९ र गोरखामा ८४ दशमलव ०७ प्रतिशत रोपाइँ भएको हो। 

images
images
images

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ। प्रदेशको कूल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धानखेती हुने गरेको छ।

हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ। गत वर्ष ९६ हजार ५३ हेक्टरमा धानखेती गरिएकामा यस वर्ष धानखेतीको क्षेत्रफल घटेको हो। घरघडेरीले धानको उब्जाउ क्षेत्र नासिनु, तीव्र सहरीकरणजस्ता कारणले धान खेतीको क्षेत्रफल खुम्चँदै गएको छ।

क्षेत्रफल घटे पनि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकिरा नियन्त्रण, उन्नत बिउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके धानको उत्पादकत्व बढ्ने कृषिअर्थ विज्ञ पौडेलको भनाइ छ। रासस  


प्रकाशित : सोमबार, साउन १९ २०८२१९:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend