सोमबार, साउन १९ गते २०८२    
सोमबार, साउन १९ २०८२
images
images

यातायात कार्यालय इलामको राजस्व लक्ष्यभन्दा बढी, एक वर्षमा १३ करोड ८२ लाख संकलन

images
सोमबार, साउन १९ २०८२
images
images
यातायात कार्यालय इलामको राजस्व लक्ष्यभन्दा बढी, एक वर्षमा १३ करोड ८२ लाख संकलन

कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा दुई करोड ४९ लाख ४१ हजार रूपैयाँ बढी राजस्व संकलन गरेको छ।

images
images

इलाम- यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। एक वर्षको अवधिमा १३ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको सो कार्यालयले १३ करोड ८२ लाख रूपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिए।

images

कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा दुई करोड ४९ लाख ४१ हजार आठसय ३९ रूपैयाँ बढी राजस्व संकलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २२ दशमलव ०२ प्रतिशतले वृद्धि हो। कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ११ करोड ३२ लाख ६१ हजार रूपैयाँमात्र राजस्व संकलन गरेको थियो।

images
images

कार्यालयले सवारी साधन वार्षिक करबाट नौ करोड ९६ लाख तीन हजार चारसय ४२ रूपैयाँ संकलन गरेको छ। सवारी दर्ता/नामसारी/नवीकरणबाट ७२ लाख तीन हजार पाँचसय ५५ रूपैयाँ संकलन गरेको छ। त्यस्तै, व्यवसाय रजिस्ट्रेशन दर्ता दस्तुरबाट एक लाख २८ हजार दुईसय रूपैयाँ संकलन भएको कार्यालय प्रमुख मैनालीले जानकारी दिए।

images
images
images

त्यस्तै, आयकरबाट ३७ लाख ८५ हजार पाँचसय ९० रूपैयाँ संकलन गरेको छ। कार्यालयले चालक अनुमतिपत्रबाट एक करोड ४३ लाख १७ हजार संकलन गरेको छ। त्यसैगरी, नेपाल भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट एक करोड ६ लाख १७ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

इलाम सदरमुकामस्थित कार्यालय र पशुपतिनगरबाट रुट पर्मिट र पटकेबाट एक करोड तीस लाख ७२ हजार रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा पाँचसय १० रूपैयाँ र मोटरसाइकलको दुईसय १० रूपैयाँ राजस्व लिने व्यवस्था गरेको थियो। यातायात व्यवस्था सेवा कार्यालयकै मातहतमा रहने गरी अघिल्लो वर्ष पशुपतिनगरमा राजस्व असुली केन्द्र स्थापना भएको थियो। 

यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्ला पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीसमेत सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख मैनालीले बताए। रासस


प्रकाशित : सोमबार, साउन १९ २०८२११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend