बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

यती एयरलाइन्स प्रायोजित ‘वुमन विथ द विङ्गस’ प्रतियोगिता पोखरामा सम्पन्न

आइतबार, साउन १८ २०८२
यती एयरलाइन्स प्रायोजित ‘वुमन विथ द विङ्गस’ प्रतियोगिता पोखरामा सम्पन्न

प्रतियोगिताको नतिजा भने आगामी भदौ १४ गते राजधानीमा आयोजना हुने 'मिस नेपाल २०२५' को ग्राण्ड फिनालेमा सार्वजनिक गरिने छ।

पोखरा- 'मिस नेपाल २०२५' का सहभागीहरूबीच यती एयरलाइन्सद्वारा प्रायोजित विशेष सबटाइटल 'वुमन विथ द विङ्गस' प्रतियोगिता पोखरामा सम्पन्न भएको छ। प्रतियोगितामा २६ जना प्रतिस्पर्धीहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

‘वुमन विथ द विङ्गस’ सबटाइटल आत्मविश्वासी, सक्षम र प्रेरणादायी महिलाको पहिचानका लागि यती एयरलाइन्सले प्रदान गर्ने सम्मान हो। यस उपाधिको माध्यमबाट यती एयरलाइन्सले महिलाको सशक्तीकरण, नेतृत्व क्षमता र समावेशी भूमिकालाई प्रोत्साहन गर्दै आइरहेको कम्पनीले जनाएको छ।

प्रतियोगितामा सहभागी युवतीहरूले व्यक्तिगत अनुभव, सामाजिक सोच र भविष्यप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै सशक्तरूपमा अभिव्यक्ति दिएका थिए। जज प्यानलमार्पत विभिन्न सूचकांकको आधारमा सहभागीहरूको मूल्यांकन गर्दै उत्कृष्ट प्रतिस्पर्धीको छनोट गरिएको छ।

प्रतियोगिताको निर्णायक मण्डलमा यती एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्ट, द हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्निकार, नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, श्री नटराज ज्वेलर्सका निर्देशक अनुराज सरोगी र स्किन आर्ट्स एस्थेटिककी निर्देशक स्वपनिल शर्मा रहेका थिए।

प्रतियोगिताको नतिजा भने आगामी भदौ १४ गते राजधानीमा आयोजना हुने 'मिस नेपाल २०२५' को ग्राण्ड फिनालेमा सार्वजनिक गरिने छ।

यती एयरलाइन्सका अनुसार, 'वुमन विथ द विङ्गस' उपाधि विजेताले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन हुने विभिन्न अभियान तथा कार्यक्रमहरूमा प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। यस्तै, एक वर्षको अवधिमा यती एयरलाइन्सका तर्फबाट महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षणजस्ता विषयमा केन्द्रित कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउनेछन्।


प्रकाशित : आइतबार, साउन १८ २०८२१३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend