आइतबार, साउन १८ गते २०८२    
आइतबार, साउन १८ २०८२
images
images

सिराहामा १ सय ३ किलो गाँजासहित ९ जना पक्राउ

images
शनिबार, साउन १७ २०८२
images
images
सिराहामा १ सय ३ किलो गाँजासहित ९ जना पक्राउ

आज बिहान ४ बजेको समयमा विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

images
images

सिराहा- यहाँको औरही गाउँपालिका-४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

images

आज बिहान ४ बजेको समयमा विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

images
images

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार पक्राउ पर्नेमा पाँच जना भरिया, एक जना रेक्की गर्ने व्यक्ति, गाँजा साहु तथा खरिद गर्न आएका दुई जना भारतीय नागरिक रहेका छन्।

images
images
images

भरियामा गोलबजार नगरपालिका-१ मक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति सदा रहेका छन्। रेक्की गर्ने व्यक्ति औरही गाउँपालिका-३ का ४२ वर्षीय राजेन्द्र यादव र साहु गोलबजार नगरपालिका-१ मक्सारकै ३२ वर्षीय जीवछ साह रहेका छन्।

यस्तै, खरिद गर्न आएका भारतीय नागरिक मधुवनी जिल्ला, कुमरखद ग्राम पञ्चायत-१४ का ३० वर्षीय धर्मेशकुमार कामति र ३९ वर्षीय वैधनाथ चौधरी रहेका छन्। चौधरीको साथबाट नेपाली ४५ हजार रुपैयाँ  पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक शर्माका अनुसार गाँजा पाँचवटा बोरामा हालेर आँपको बगैचामा लुकाइ राखिएको थियो। प्रारम्भमा गाँजा ओसार्दै गरेका भरिया फेला परेपछि उनीहरूलाई केरकार गर्दै जाँदा बाँकी समूह गाँजासहित फेला परेको हो। पक्राउ परेकाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : शनिबार, साउन १७ २०८२१७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend