आइतबार, साउन १८ गते २०८२    
आइतबार, साउन १८ २०८२
images
images

‘दिक्तेल कोदो बिस्कुट’को व्यावसायिक उत्पादन सुरू

images
शनिबार, साउन १७ २०८२
images
images
‘दिक्तेल कोदो बिस्कुट’को व्यावसायिक उत्पादन सुरू

कोदोको पिठो, घ्यू, दूध र चिनी प्रयोग गरेर उत्पादन गरिएको सय ग्रामको प्याकेटमा राखिएको बिस्कुटको मूल्य ५० रुपैयाँ राखिएको छ।

images
images

खोटाङ-  ‘प्रथम राष्ट्रिय कोदो दिवस-२०८२’को अवसर पारेर शुभम फाउण्डेशन दिक्तेल खोटाङले कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरू गरेको छ।

images

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा खरिद गरिएको उपकरण जडान गरेर शुभम फाण्डेशनले ‘दिक्तेल कोदो बिस्कुट’ नामको कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन गरेर बजारमा ल्याएको हो।

images
images

कोदोको पिठो, घ्यू, दूध र चिनी प्रयोग गरेर उत्पादन गरिएको सय ग्रामको प्याकेटमा राखिएको बिस्कुटको मूल्य ५० रुपैयाँ राखिएको छ।

images
images
images

नगरपालिकाको रैथाने बाली प्रबर्द्धन कार्यक्रमअन्तर्गत शुभम फाउण्डेशनले उत्पादन गरेको बिस्कुट जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, तीनवटै सुरक्षा निकायका प्रमुख, वडा नम्बर २ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईलगायतले संयुक्त रूपमा सार्वजनिक गरे।

प्रथम राष्ट्रिय कोदो दिवसको अवसर पारेर बिस्कुटसँगै कोदोबाट बनाइएका खाद्य परिकारहरू प्रदर्शनी गरिएको छ। कृषि ज्ञान केन्द्र खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र शुभम् फाउण्डेशनले संयुक्त रूपमा आयोजना गरेको कोदो दिवसमा बिस्कुटसँगै केक, मोमो, कुकिज, सेलरोटी, सुक्खा रोटी, खिर र तोङ्बा प्रदर्शनीमा राखिएको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्धारण गरेको मापदण्ड पूरा गरेर कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरू गरिएको शुभम फाउण्डेशनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिए। ‘कोदोको परिकारलाई बजारीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यावसायिक रूपमा ‘दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरू गरेका छौँ। यो आजैबाट बजारमा पठाउन थालेका छौँ’ उनले भने।

शुभम फाउण्डेशनमा कोदोको अन्य परिकारहरू पनि उत्पादन हुने बताइएकाे छ। त्यो चाँही उपभोक्ताको मागअनुसार बनाएर उपलब्ध गराउने तयारी गरिएको छ। जिल्लामा उत्पादित कोदो शुभम फाउण्डेशनले सञ्चालन गरेको उद्योगमा खपत हुने भएपछि कृषकहरूले समेत सहजै आम्दानी लिन सक्ने भएका छन्।

शुभम फाउण्डेशनले व्यावसायिक रूपमा उत्पादन गरेको कोदोको बिस्कुट स्वादिष्ट, गुणस्तरीय र स्वास्थ्यकर भएकाले प्रबर्द्धन गर्न सबैको सहकार्य आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख राईले बताए। ‘स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न सकेमात्र समृद्ध बन्न सकिन्छ। शुभम फाउण्डेशनले उत्पादन गरेको कोदोको बिस्कुट स्वादिष्ट, गुणस्तरीय र स्वास्थ्यकर रहेको पाइएको छ’ उनले भने।

परम्परागत रूपमा उपभोग गर्दै आइएको कोदोलाई आधुनिकीकरण गर्न आवश्यक छ। शुभम फाउण्डेशनले यो कामको थालनी गरेको छ। रैथाने बाली संरक्षण तथा प्रबर्द्धन गर्दै कृषकलाई उत्पादनसँग जोड्न नगरपालिकाले १७ औँ नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरेर लागु गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कार्यबाहक नगरप्रमुख विशन राईले जानकारी दिए।

‘नगरबासीको आम्दानी वृद्धि गर्न उपप्रमुखसँग कृषक कार्यक्रम लागु गरेका छौँ। यो कार्यक्रमले धेरै कषकहरू व्यवसायिक बनेका छन्’ उनले भने, ‘स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न संघीय कानून बाधक छ। यसलाई संशोधन गरेर कार्यान्वयन गराउन नगरप्रमुखको नेतृत्वमा आन्दोलनसमेत गरिरहेका छौँ।’

शुभम फाउण्डेशनले उत्पादन गरेको कोदोको परिकार नगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको रूपमा उपयोग गर्नेरगराउने विषयमा समेत तयारी गरिएको नगरपालिकाले जनाएको छ।

कोदोबाट उत्पादित परिकार उपभोग गर्दा मधुमेह, मुटु रोग, एनिमिया नियन्त्रण तथा हड्डी बलियो बनाउने र रगतको मात्रा बढाउने औषधीय गुण हुने स्वास्थ्यकर्मीहरूले बताएका छन्। राष्ट्रिय कोदो दिवसको अवसर पारेर नगरपालिकाले कोदोको उपयोगिताका विषयमा वत्तृत्वकला प्रतियोगितासमेत आयोजना गरेको थियो।

प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेलकी विपासा खनाल पहिलो, माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका प्रताप खत्री दोस्रो, शितला माध्यमिक विद्यालय खाल्लेकी प्रनिशा राई तेस्रो तथा जालपा माध्यमिक विद्यालय जालपाका प्रज्ज्वल खड्का सान्त्वना भएका छन्।

वत्तृत्वकला प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने प्रतियोगी विद्यार्थीलाई क्रमशः नगद दुई हजार पाँचसय, दुई हजार दुईसय ५०,  दुई हजार र एक हजार सातसय ५० रुपैयाँ प्रदान गरिएको छ। कार्यक्रममा उत्पादनमा आधारित व्यावसायिक खेती गर्ने कृषकलाई नगदसहित पुरस्कारसमेत वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताए। रासस


प्रकाशित : शनिबार, साउन १७ २०८२१३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend