काठमाडौं- भौतिक पुर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले मंगलबार गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडकको निरीक्षण गरेका छन्।
मन्त्री दाहालसहितको टोलिले मंगलबार नेपाल-चीन सीमा स्थित बाढीले बगाएको मितेरी पुलसम्म निरीक्षण गरेको हो।
त्यस क्रममा मन्त्री दाहालले निर्माणाधीन सडकको निर्माण कार्य तिव्र पार्न निर्देशन दिएकाे उनकाे निजी सचिवालयले जानकारी दिएकाे छ। नदीबाट हुने क्षतिसमेत नियन्त्रणमा पनि ध्यान दिन उनले आग्रह गरेका छन्।
यस्तै मन्त्री दाहालले चीनतर्फ रोकिएका नेपालीको अवस्था बारे पनि चासो राखेका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनियाँ पक्षसङ समन्वय गरी नेपालीहरु ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिए। असारमा गएकाे बाढीले नेपाल-चीन सीमानाकाे मितेरी पुल बगाएकाे थियाे।
मितेरी पुल निर्माणको कार्य चिनियाँ पक्षले छिटो अघि बढाउने सडक विभागका महानिर्देशक विजय जैसीले बताए। यस्तै संघीय सडक सुपरिवेक्षाण तथा अनुगमन कार्यालय काठमाडाैंका प्रमुख एवं सहसचिव शुभराज न्यौपानेले सडक अवरुद्ध हुन नदिने गरी निरन्तर मर्मतको काम भैरहेको दाबी गरेका छन्।