मंगलबार, साउन १३ गते २०८२    
मंगलबार, साउन १३ २०८२
images
images

अविरल वर्षाले रिडी-वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध

images
मंगलबार, साउन १३ २०८२
images
images
अविरल वर्षाले रिडी-वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध
फाइल तस्बिर।

त्यसैगरी, दुई दिनदेखि परेको लगातारको वर्षाको कारण गुल्मीस्थित बडिगाड खोलामा पनि पानीको बहाव बढ्दै जान थालेको छ।

images
images

गुल्मी- गए रातिदेखि परेको अविरल वर्षाले गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध बनेको छ।

images

रिडी-वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका-६ स्थित डहरेखोलामा पानीको बहाव बढेपछि आज बिहानदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गंगाबहादुर सारुले जानकारी दिए।

images
images

डहरेमाबाट लेदोसहितको बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ। अवरुद्ध सडक सञ्चालन गर्न अहिले जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको तर पानी परिरहेको र वर्षा नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको सूचना अधिकारी सारुले बताए।

images
images
images

त्यसैगरी, दुई दिनदेखि परेको लगातारको वर्षाको कारण गुल्मीस्थित बडिगाड खोलामा पनि पानीको बहाव बढ्दै जान थालेको छ। जिल्ला प्रशासन कार्यालयले वर्षात्को समयमा खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक मानिसलाई लामो यात्रामा ननिस्कन सूचित गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिले गुल्मीमा एकसय ८० भन्दा बढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ।

त्यसैगरी, बैतडीको पाटन नगरपालिका-४ जेउडेमा पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। सोमबारदेखि लगातार भइरहेको वर्षाका कारण जेउडे मोडमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।

जेउडे मोडमा सडक अवरुद्ध भएपछि अहिले सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताए।

आज बिहान पहिरो खसेपछि सवारीसाधन बीच बाटोमै रोकिएका छन्। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। मोड सुधारका क्रममा सडक खनेपछि जेउडेमा बेलाबेलामा पहिरो खस्ने गरेको छ। पहिरोका कारण विद्युतको पोल पनि जोखिममा रहेको उनले बताए। रासस


प्रकाशित : मंगलबार, साउन १३ २०८२१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend