मंगलबार, साउन १३ गते २०८२    
मंगलबार, साउन १३ २०८२
images
images

अमेरिका र चीनबीच अमेरिकी कर वृद्धिको सम्झौताबारे पुनः वार्ताको तयारी

images
सोमबार, साउन १२ २०८२
images
images
अमेरिका र चीनबीच अमेरिकी कर वृद्धिको सम्झौताबारे पुनः वार्ताको तयारी

विश्वका शीर्ष दुई अर्थतन्त्रबीच स्वीडेनको राजधानी स्टकहोममा हुने वार्ता आगामी दुई दिनसम्म चल्नेछ।

images
images

स्टकहाेम- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति एक महत्वपूर्ण हप्तामा प्रवेश गर्दै गर्दा संयुक्त राज्य अमेरिका र चीनका उच्च आर्थिक अधिकारीहरूबीच सोमबार वार्ता हुनेभएको छ। विश्वका शीर्ष दुई अर्थतन्त्रबीच स्वीडेनको राजधानी स्टकहोममा हुने वार्ता आगामी दुई दिनसम्म चल्नेछ।

images

अन्य देशहरू पनि वासिङ्टनसँग सम्झौतालाई अन्तिम रूप दिन हतारिएका बेला यो वार्ता हुन लागेको हो।दर्जनौं व्यापारिक साझेदारहरूका लागि आगामी दिनहरूमा सम्झौता गर्न असफल हुनुको अर्थ उनीहरूले आगामी शुक्रबार (अगस्ट १) देखि संयुक्त राज्य अमेरिका निर्यातमा कर वृद्धिको सामना गर्न सक्दछन्।

images
images

ब्राजिल र भारतजस्ता साझेदारलाई समेत अमेरिकामा आयात हुने कर दरमा १० प्रतिशतको ‘आधारभूत’ दरबाट ५० प्रतिशतसम्म कर बढ्ने सम्भावना बढेको छ। येल विश्वविद्यालयको बजेट ल्याब रिसर्च सेन्टरको तथ्यांकअनुसार ट्रम्प प्रशासनले लगाएको करले अमेरिकी आयातमा सन् १९३० को दशकयता कहिल्यै नदेखिएको स्तरमा कर वृद्धि गरिसकेको छ।

images
images
images

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसहितको प्रतिनिधिमण्डलले स्वीडेनमा उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा रहेको चिनियाँ टोलीसँग भेट्दा सबैका आँखा वासिङ्टन र बेइजिङबीचको वार्तामा केन्द्रित हुनेछन्।अप्रिलमा दुवै देशले एकअर्काका उत्पादनमा तीन अंकको कर लगाए पनि यस वर्ष अमेरिकी कर अस्थायी रुपमा ३० प्रतिशतमा झारिएको छ।

साथै चीनको प्रतिकारात्मक उपाय १० प्रतिशतमा झरेको छ। तर गत मे महिनामा जेनेभामा भएको वार्तापछि सुरु भएको ९० दिने युद्धविरामको समयावधि अगष्ट १२ मा सकिँदैछ। जेनेभा बैठकपछि दुवै पक्षले असहमति सुल्झाउन लण्डनमा बैठक गरेका थिए।

‘मिनर्भा टेक्नोलोजी फ्युचर्स’का रणनीति प्रमुख एमिली बेन्सनले भन्छन्, ‘विशेषगरी लण्डन वार्तापछि चीनबारे अमेरिकी प्रशासनको सोचमा निकै महत्वपूर्ण परिवर्तन आएको देखिन्छ।’ उनले एएफपीसँग अहिलेको सोच के हासिल गर्न सकिन्छ। सम्भव भएसम्म सम्बन्धलाई न्यानो बनाउने र तनाव बढाउन सक्ने कुनै पनि कारकलाई नियन्त्रण गर्ने कुरामा बढी केन्द्रित छ।’

चीनसँगको वार्ताबाट कुनै सहमति भएको छैन तर दुवै देशले प्रगति गरेको र केही दुर्लभ खनिज र सेमीकन्डक्टर प्रवाह पुनः सुरु भएको अर्थमन्त्री बेन्सन्टले बताएका छन्। उनले ९० दिनको करवृद्धि स्थगनमा विस्तार गर्नेतर्फ ठोस परिणाम आउने संकेत गरेका छन्।

‘क्षितिजमा सम्भावित अधिक ठोस कुरा छ भन्ने संकेत वार्ताको तयारीसँगै दुवै देशले व्यक्त गरेका कुराबाट देखिन्छ’ उनले भने। साउथ चाइना मर्निङ पोस्टले दुवै पक्षका स्रोतलाई उद्धृत गर्दै वासिङ्टन र बेइजिङले थप ९० दिनका लागि कर वृद्धि रोक्ने सहमति गर्ने अपेक्षा गरिएको जनाएको छ।

ट्रम्पले युरोपेली संघ, बेलायत, भियतनाम, जापान, इन्डोनेसिया र फिलिपिन्ससँग सम्झौता भएको घोषणा गरिसकेका छन्। ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज’का सदस्य थिबल्ट डेनामिएलले भन्छन्, ‘अमेरिका र चीनबीच भएको सम्झौताको विस्तारले दुवै पक्षले निरन्तर वार्तामा महत्व देख्छन् भन्ने देखाउँछ।’

अमेरिका-चीन व्यापार परिषद्का अध्यक्ष सीन स्टेनले स्टक बजारले स्टकहोमबाट विस्तृत प्रतिफलको अपेक्षा नगरेको बताए। ‘व्यापारिक समुदाय दुई राष्ट्रपतिबीच यस वर्षको अन्त्यमा बेइजिङमा भेटवार्ता हुनेमा आशावादी छ’ उनले भने।

साथै दुवै पक्षमा अन्तिम निर्णयकर्ता राष्ट्रपति हुनेमा कुनै दुईमत नदेखिएको समेत उनकाे भनाइ छ। स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले दुवै देशले वार्ता गर्ने इच्छा व्यक्त गर्नु सकारात्मक विकास भएको बताएका छन्। रासस


प्रकाशित : सोमबार, साउन १२ २०८२१८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend