सोमबार, साउन १२ गते २०८२    
सोमबार, साउन १२ २०८२
images
images

चितवनको विद्युत समस्या बुझ्न हितेन्द्रदेव शाक्य भरतपुरमा, ५ सय बोरिङका लागि विद्युत व्यवस्थापन गरिने

images
सोमबार, साउन १२ २०८२
images
images
चितवनको विद्युत समस्या बुझ्न हितेन्द्रदेव शाक्य भरतपुरमा, ५ सय बोरिङका लागि विद्युत व्यवस्थापन गरिने

चितवन र मधेस दुवै क्षेत्रमा विद्युत सेवा गुणस्तरीकरणका लागि विद्युत प्राधिकरणले तत्काल सुधारात्मक र दीर्घकालीन रणनीति कार्यान्वयन गरिरहेको जनाएको छ।

images
images

चितवन- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवनमा देखिएको विद्युत आपूर्ति समस्या बुझ्न सोमबार बिहान भरतपुर पुगेका छन्। चनौली वितरण केन्द्रले एक दिनका लागि निकालेको लोड व्यवस्थापन तालिका सार्वजनिक भएपछि स्थलगत अवलोकन गर्न उनी प्राधिकरणको प्राविधिक टोलीसहित चितवन पुगेका हुन्।

images

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठसहितको टोलीले भरतपुर, चनौली र टाँडी वितरण केन्द्रका संरचना निरीक्षण गर्दै लोड व्यवस्थापन, मर्मत कार्य र सञ्जाल सुदृढीकरणको प्रगतिबारे जानकारी लिएको छ।

images
images

पत्रकारहरूसँग कुराकानी गर्दै कार्यकारी निर्देशक शाक्यले वितरण प्रणालीमा देखिएको समस्या दीर्घकालीन समाधानको चरणमा रहेको बताए। 'अत्यधिक लोडका कारण अस्थायी समस्या देखिएको हो, प्राधिकरण सञ्जालको आधुनिकीकरण र क्षमता अभिवृद्धिमा जुटिरहेको छ,' उनले भने।

images
images
images

उक्त निरीक्षणपछि शाक्य आजै जनकपुर जाँदैछन्। सरकारले सुक्खाग्रस्त घोषित मधेस प्रदेशका जिल्लामा तत्काल ५ सय बोरिङ खन्ने निर्णय गरेपछि त्यहाँ आवश्यक विद्युत आपूर्ति कसरी सुनिश्चित गर्ने भन्ने विषयमा रणनीति बनाउन शाक्य स्वयम् फिल्डमा खटिएका हुन्।

मंगलबार सिराहा, धनुषा, सर्लाही, महोत्तरी, सप्तरीलगायत जिल्लाका प्राधिकरण प्रमुखहरूसँग शाक्यको छलफल हुने कार्यक्रम छ। बोरिङ सञ्चालन हुने स्थानहरूमा वितरणलाइन विस्तार, ट्रान्सफर्मर थप्ने, आवश्यक संरचना निर्माण गर्नेलगायत विषयमा समन्वय गरिनेछ।

'कृषिको लागि बोरिङ प्रभावकारी विकल्प हो तर त्यसका लागि विश्वसनीय विद्युत आपूर्ति अनिवार्य छ,' शाक्यले भने, 'प्राधिकरणको तर्फबाट आवश्यक सबै पूर्वाधार समयमै तयार गर्न हामी प्रतिबद्ध छौँ।'

चितवन र मधेस दुवै क्षेत्रमा विद्युत सेवा गुणस्तरीकरणका लागि प्राधिकरणले तत्काल सुधारात्मक र दीर्घकालीन रणनीति कार्यान्वयन गरिरहेको जनाएको छ।


प्रकाशित : सोमबार, साउन १२ २०८२१३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend