सोमबार, साउन १२ गते २०८२    
सोमबार, साउन १२ २०८२
images
images

विदेशमा जम्दै सीजी ब्रुअरीका बियर : जापानदेखि अमेरिकासम्म बजार विस्तार

images
सोमबार, साउन १२ २०८२
images
images
विदेशमा जम्दै सीजी ब्रुअरीका बियर : जापानदेखि अमेरिकासम्म बजार विस्तार

आन्तरिक बजारमा बढ्दो करभार, घट्दो खपत र तीव्र प्रतिस्पर्धाले चुनौती थपिरहेका बेला सिजी ब्रुअरीले अब निर्यातलाई प्राथमिकता दिने रणनीति लिएको छ।

images
images

काठमाडौं- चौधरी समूहअन्तर्गत सञ्चालित सीजी ब्रुअरी नेपाल लिमिटेडको आन्तरिक बजारमा व्यापार घट्दो क्रममा रहे पनि अन्तर्राष्ट्रिय बजारमा भने आफ्नो उपस्थिति विस्तार गर्न कम्पनी सफल देखिएको छ।

images

कम्पनीले उत्पादन गर्ने नेपाल आइस, रियल गोल्ड र मुस्ताङजस्ता बियर ब्रान्डहरू हाल हङकङ, जापान, बेलायत, अमेरिका र अष्ट्रेलियाजस्ता मुलुकहरूमा निर्यात भइरहेका छन्। नेपाली उत्पादनको स्वाद विश्व बजारमा फैलिएको उदाहरणका रूपमा सीजी ब्रुअरी अग्रपंक्तिमा उभिएको छ।

images
images

सन् १९९३ मा गोल्ड ब्रुअरी को नाममा स्थापना भएको सीजी ब्रुअरी नेपाल चौधरी समूहको प्रमुख बियर उत्पादन इकाइ हो। नवलपरासीस्थित यसको केन्द्रीय प्लान्टमा वार्षिक ५ लाख ८५ हजार हेक्टोलिटर बियर उत्पादन गर्ने क्षमता रहेको कम्पनीको दाबी छ।

images
images
images

यतिमात्र होइन, कम्पनीले बियर उत्पादनका लागि युरोप र भारतबाट माल्टा आयात गर्छ भने चामलका फाका, चिनीलगायतका अन्य कच्चा पदार्थहरू नेपालकै स्रोतहरूबाट जुटाउने गरेको छ। आन्तरिक बजारमा बढ्दो करभार, घट्दो खपत र तीव्र प्रतिस्पर्धाले चुनौती थपिरहेका बेला सीजी ब्रुअरीले अब निर्यातलाई प्राथमिकता दिने रणनीति लिएको छ। 

सीजी ब्रुअरीका अनुसार, जापान र अष्ट्रेलियाका सहरहरूमा नेपाल आइस बियर विशेषरूपमा लोकप्रिय बन्दै गएको छ। त्यस्तै, बेलायत र अमेरिकामा पनि नेपाली डायस्पोरा मात्रै नभइ स्थानीय उपभोक्ताबीच समेत यसको माग बढिरहेको छ। 

बियरजस्तो प्रतिस्पर्धी क्षेत्रको अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न सहज छैन। गुणस्तरीय उत्पादन, निर्यात मापदण्डको पालना, साख निर्माण, तथा वितरण व्यवस्थापनजस्ता चुनौतीहरूमाथि पार पाउँदै सीजी ब्रुअरीले आफूलाई प्रमुख नेपाली निर्यात ब्रान्डको रूपमा उभ्याएको दाबी कम्पनीको छ।

अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तार गरिरहँदा पनि सीजी ब्रुअरीको आन्तरिक वित्तीय अवस्था भने चुनौतीपूर्ण देखिन्छ। कम्पनीले हालै सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल व्यापार २ अर्ब २१ करोड १० लाख रूपैयाँमा झरेको छ। सन् २०२१ मा ३ अर्ब ९१ करोड ६० लाख रूपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा ४ अर्ब ५४ करोड ४१ लाख रूपैयाँ पुर्‍याएको थियो।

कम्पनीको सञ्चालन मुनाफा पनि घट्दोक्रममा रहेको छ। सन् २०२१ मा २०.५ प्रतिशत रहेको सञ्चालन नाफा सन् २०२२ मा ११.८ प्रतिशतमा सीमित रह्यो। सन् २०२३ मा यो ३ प्रतिशत ऋणात्मक रहँदा २०२५ को पहिलो ९ महिनामा भने सुधार गर्दै २.४ प्रतिशतको सकारात्मक स्थितिमा फर्किएको देखिन्छ।

अल्पकालीन आवश्यकताका लागि कम्पनीले १ अर्ब ६० करोड रूपैयाँको ऋणको व्यवस्था गरेको छ। यस कम्पनीको ऋणलाई रेटिङ एजेन्सी इक्रा नेपालले ए फोर प्लस रेटिङ दिएको छ।

नेपालभित्र सीजी ब्रुअरीको ३०० डिलर र ५३ हजार खुद्रा बिक्रेताको सञ्जाल रहेको छ। यसमा चौधरी समूहसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरूको लगानी रहेको छ भने प्रमुख सेयरधनीको रूपमा सीजी फुड्स नेपाल रहेको छ।


प्रकाशित : सोमबार, साउन १२ २०८२११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend