सोमबार, साउन १२ गते २०८२    
सोमबार, साउन १२ २०८२
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम नभएपछि १० करोड ५४ लाख रुपैयाँ फिर्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १२ २०८२
images
images
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम नभएपछि १० करोड ५४ लाख रुपैयाँ फिर्ता

रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारको ७० प्रतिशत र ३० प्रतिशत भरतपुर महानगरपालिकाले बेहोर्ने सम्झौता छ। संघीय सरकारले महानगरपालिकाको तर्फबाट गरिने खर्चमा रकम दिएको थियो।

images
images

काठमाडौं- भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि संघीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोड ५४ लाख रुपैयाँभन्दा बढी फिर्ता भएको छ। 

images

भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको उक्त रकम काम हुन नसकेपछि पुनः संघ र प्रदेशमै फिर्ता गरिएको हो।

images
images

निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि १० करोड ५४ लाख ३० हजार १ सय ७० रुपैयाँ फिर्ता भएको हो।

images
images
images

महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार संघीय सरकारले २५ करोड निकासा गरेकामा १७ करोड ६५ लाख ६९ हजार ८ सय ३० रुपैयाँ मात्रै खर्च भएको छ। बाँकी ७ करोड ३४ लाख ३० हजार एक सय ७० फिर्ता भएको हो। 

यस्तै बागमती प्रदेश सरकारबाट निकासा भएको १० करोडमध्ये ६ करोड ८० लाख रुपैयाँमात्रै खर्च भएको छ। यसमा तीन करोड २० फिर्ता भएको हो।

रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारको ७० प्रतिशत र ३० प्रतिशत भरतपुर महानगरपालिकाले बेहोर्ने सम्झौता छ। संघीय सरकारले महानगरपालिकाको तर्फबाट गरिने खर्चमा रकम दिएको थियो। 

महानगरले रंगशालाका लागि पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो। उक्त रकमसमेत फ्रिज भएको छ।

निर्माण कम्पनीले असार मसान्तसम्म ४० प्रतिशत प्रगति गर्नुपर्नेमा आर्थिक प्रगति २ दशमलव ४९ प्रतिशत मात्रै भएको आचार्यले जानकारी दिए। उनले भने, 'हालसम्म भौतिक प्रगति ३० प्रतिशत पुगेको छ, तर समयमा काम नभ्याएकाले आर्थिक प्रगति कम हुँदा बजेट फिर्ता भयो।' 

हिमालयन-कालिञ्चोक-बिबिआर ज्वाइन्टभेञ्चरले विसं २०८१ असार २३ गते ७८ करोड ५० लाख ९१ हजारमा निर्माण सम्झौता गरेको थियो। सम्झौताअनुसार विसं २०८३ पुस २२ गतेभित्र रंगशाला निर्माण सम्पन्न गरिसक्नुपर्ने छ।  

हालसम्म रङ्शालामा पाँच हजार दर्शक क्षमताको प्याराफिटको ढलान सम्पन्न भएको छ। अर्काे दुई हजार दर्शक क्षमताको प्याराफिटको काम भइरहेको छ। दुई वटा टावरमध्ये एउटाको भूइँतलाको ढलान र अर्काेको भूइँको काम भइरहेको छ।

यसैगरी दुई सय मिटर नालीको ढक्कन राख्ने, एक सय ५५ मिटर कम्पाउण्ड निर्माण सम्पन्न भई पाँच सय किलोवाट क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ। 

काम ढिलो भएपछि दुई महिनाअघि भरतपुर महानगरपालिकाले निर्माण कम्पनीलाई आर्थिक वर्षभित्रमा ४० प्रतिशत काम सम्पन्न गर्न आग्रह गरेको थियो।


प्रकाशित : सोमबार, साउन १२ २०८२१०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend