आइतबार, साउन ११ गते २०८२    
आइतबार, साउन ११ २०८२
images
images

सिँचाइमा लोड बढ्दा पश्चिम चितवनमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

images
आइतबार, साउन ११ २०८२
images
images
सिँचाइमा लोड बढ्दा पश्चिम चितवनमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

अत्याधिक गर्मी र रोपाइँको समयमा अकासे पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएको भन्दै विद्युत आपूर्ति अवरुद्धको तालिका सार्वजनिक गरिएको हो।

images

चितवन- पश्चिम चितवन र माडी क्षेत्रमा आज ६ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार सूचना जारी गर्दै गर्मीमा माग बढेको भन्दै ६ घण्टा विद्युत अनियमित हुने तालिका सार्वजनिक गरेको हो।

images
images

चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म तीन घण्टा विद्युत अवरुद्ध हुनेछ। अत्याधिक गर्मी र रोपाइँको समयमा अकासे पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएको भन्दै विद्युत आपूर्ति अवरुद्धको तालिका सार्वजनिक गरिएको हो।

images
images

उनका अनुसार १३२/३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डगकन्डक्टर तारमा तीन सय एम्पिएरभन्दा बढी विद्युत प्रवाह गर्न नमिल्ने तर लोड चार सय ५० एम्पियरभन्दा बढी भएकाले वितरणमा व्यवस्थापन मिलाउनुपर्ने भन्दै आज एक दिनका लागि तालिका सार्वजनिक गरिएको हो।

images
images
images

उनले एक हप्ताभित्र विद्युत लोड व्यवस्थापनमा आएको समस्या समाधन गरिने बताए। वितरण केन्द्र चनौलीअन्तर्गत नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरमा विद्युत आपूर्ति अवरुद्ध हुनेछ।

विद्युत माग बढेर ३३ केभी डगकन्डक्टर तारमा चार सय ५० एम्पिएरसम्म विद्युत प्रवाह हुँदा लोड धान्न नसकेको नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले  जानकारी दिए।

दीर्घकालीन समस्या समाधानका लागि अघिल्लो आर्थिक वर्षमा नै बर्सेनी सबस्टेशनबाट विद्युत आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको उनकाे भनाइ छ। तालिकाअनुसार नारायणी-माडी फिडरहरूमा बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।

मेघौली-विजयनगर-शुक्रनगर फिडरहरूमा बिहान ९ देखि १२ र बेलुका ६ देखि ९ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुनेछ। यस्तै जगतपुर-रामपुर फिडरहरूमा दिउँसो १२ देखि ३ र बेलुका ९ देखि १२ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, साउन ११ २०८२१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend