आइतबार, साउन ११ गते २०८२    
आइतबार, साउन ११ २०८२
images
images

सरकारी बजेट अपुग भएपछि सडक निर्माणका लागि स्थानीयले गाउँमै संकलन गर्न थाले पैसा

images
आइतबार, साउन ११ २०८२
images
images
सरकारी बजेट अपुग भएपछि सडक निर्माणका लागि स्थानीयले गाउँमै संकलन गर्न थाले पैसा

अपुग रकम जुटाउन सहयोग अभियान सञ्चालन गरिएको सडक निर्माण समितिका अध्यक्ष एवं आर्थिक संघलन समितिका संयोजक खड्गबहादुर नाउसाले बताए।

images

गण्डकी- सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका-३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन्।

images
images

डोप्टा-बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटेर मार्ग खोल्न सरकारी बजेटले नपुगेपछि उपभोक्ताले रकम जुटाउन सुरु गरेका हुन्।

images
images

सडक निर्माणका लागि गत आर्थिक वर्षमा गाउँपालिकाको ३० लाख र गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए। समितिले ७५ लाख रुपैयाँमा सडक निर्माणको ठेक्का लगाएको थियो।

images
images
images

अपुग रकम जुटाउन सहयोग अभियान सञ्चालन गरिएको सडक निर्माण समितिका अध्यक्ष एवं आर्थिक संघलन समितिका संयोजक खड्गबहादुर नाउसाले बताए। सडक निर्माणमा स्थानीयवासीले श्रमदानसमेत गरेका थिए।

‘३६ लाख रुपैयाँ समितिलाई व्ययभार थपिएपछि आर्थिक संघलन अभियान सुरु गरिएको हो, अहिलेसम्म   १५ लाख उठिसकेको छ’ उनले भने, ‘सडक निर्माणमा गाउँपालिका र प्रदेश सरकारले पनि सहयोग गरे, उपभोक्ताको पनि लगानी परेको छ।’

अप्ठ्यारो भूगोलका कारण  गाउँपालिका र प्रदेश सरकारले दिएको बजेटले मात्र काम सम्पन्न हुन नसकेको हाे। ताराखोलाबाट विदेशमा गएकाहरुबाट पनि सहयोगको प्रतिबद्धता आएको अध्यक्ष नाउसा बताउँछन्। 

विभिन्न आमा समूह, संघसंस्थालगायतबाट पनि सहयोग प्राप्त भइरहेको उनको भनाइ छ। ग्रामीण सडक निर्माणमा स्थानीय उपभोक्ताहरुबाट श्रमदान र आर्थिक सहयोग जुट्नु सुखद पक्ष रहेको अध्यक्ष नाउसाले बताए। रासस


प्रकाशित : आइतबार, साउन ११ २०८२१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend