आइतबार, साउन ११ गते २०८२    
आइतबार, साउन ११ २०८२
images
images

रामेछापलाई काठमाडौंसँग जोड्ने पुल बाढीको उच्च जोखिममा

images
आइतबार, साउन ११ २०८२
images
images
रामेछापलाई काठमाडौंसँग जोड्ने पुल बाढीको उच्च जोखिममा

गत वर्ष खुर्कोटको पुल बगाउँदा दोलखा र रामेछाप जाने आउने सबै सवारीसाधनले यही बाटो प्रयोग गरेका थिए।

images

रामेछाप- सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चारवटा पालिका जोडने र जिल्लालाई काठमाडौंसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुल खोलाले कटान गर्दै जान थालेको छ।

images
images

सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौंसँग जोड्ने वैकल्पिक सडकखण्डमा पर्ने भटौली खोलाको पक्की पुल बाढीको कटानबाट उच्च जोखिममा परेको हो।

images
images

जिल्ला सदरमुकाम रहको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ पकरबासलाई जोड्ने उक्त पुलको पिलरमा भटौली खोलाको बाढी सिधै ठोक्किन थालेपछि पुल जोखिममा पर्दै गएको हो।

images
images
images

खाँडादेवी-४ का स्थानीय खेमबहादुर खत्रीका अनुसार खोलाको बहावले पुलको पकरबासपट्टिको पिलरमा कटान गर्दै लगेको छ। खोलाको बहाव नै पुलको पिलरमा सोझै ठोक्किएकोले टेवा पर्खाल वा जाली लगाएर संरक्षण नगरे पुलमा ठूलो क्षति पुग्न सक्ने पनि खत्रीले बताए।

पुलको सुरक्षाका लागि खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायलाई जानकारी गराइसकेको भएपनि कतैबाट हालसम्म सुनुवाइ नभएको स्थानीयकाे भनाइ छ।

वर्षायाम सुरु भएसँगै खोलामा बारम्बार बाढी आइरहेकाले तत्कालै उपाय नअपनाए पुलमा ठूलो क्षति पुग्ने जोखिम उच्च रहेको अर्का स्थानीय अक्कलबहादुर माझी बताउँछन्। वर्षाको बेला बाहुन्चुरा, पिंखुरी र गागलको माथिल्लो भेगमा बढी पानी पर्ने गरेको र ती ठाउँमा परको पनीका कारण दैनिकजसो यस खोलामा बाढी आउने गर्छ।

साेही कारण यसलाई क्षति हुनबाट बचाउन आवश्यक रहेको मन्थली नगरपालिका-७ का वडाध्यक्ष भुवनहरी प्रसाईँले बताए। ‘यो मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ को सिमानामा पर्छ, मैले पनि नगर कार्यपालिकाको बैठकमा कुरा राखेको छु, दुवै पालिका मिलेर समस्या समाधान गर्न जरुरी छ’ उनले भने।

खाँडादेवी गाउँपालिका-४ का अध्यक्ष कृष्ण पौडेल पनि यसबारेमा सम्बन्धित निकायलाई यसअघि नै जानकारी गराइसकिएको बताउँछन्। यो खोलाको पक्की पुल तीनवटा गाउँपालिका जाने प्रमुख र काठमाडौं जाने रामेछापको वैकल्पिक यातायात सञ्जालमा महत्त्वपूर्ण मानिन्छ।

गत वर्ष खुर्कोटको पुल बगाउँदा दोलखा र रामेछाप जाने आउने सबै सवारीसाधनले यही बाटो प्रयोग गरेका थिए। अहिले पनि खुर्कोटको बेलीब्रिजबाट १५ टनभन्दा बढी भार बोकेका मालबाहक सवारीसाधन वारपार गर्न पाउँदैनन्। यही पुल भएर आवतजावत गर्नुपर्छ।

त्यसैले पनि याे पुलमा क्षति पुग्ने हो भने यस क्षेत्रको आवागमन नै अवरुद्ध हुने मन्थली नगरपालिका-७ का स्थानीय बलवहादुर तामाङकाे भनाइ छ। उनी भन्छन्, ‘यो पुल क्षति हुनबाट चाँडै जोगाउन सकिएन भने पछि पछुताउनु शिवाय केही हुँदैन।’

उक्त पुललाई क्षति हुनबाट जोगाउन चालु आवमा खर्च गर्ने गरी कार्यपालिकाबाट कुनै बजेट विनियोजन नभएको तर त्यस्तो समस्या भइहाल्यो भने विपद कोषबाट तत्काल मर्मतसम्भार गर्न सकिने मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, साउन ११ २०८२११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend