आइतबार, साउन ११ गते २०८२    
आइतबार, साउन ११ २०८२
images
images

निस्कोटका १२५ घरपरिवारमा खानेपानीको पहुँच

images
आइतबार, साउन ११ २०८२
images
images
निस्कोटका १२५ घरपरिवारमा खानेपानीको पहुँच

पानीको मितव्ययी र व्यवस्थित तथा दीर्घकालीन प्रयोगका लागि धारामा मिटर जडान गरेर शुल्क उठाउने व्यवस्था मिलाइएको छ।

images

म्याग्दी- मालिका गाउँपालिका-१ निस्कोटमा ‘एक घर, एक धारा’सहितको खानेपानीको पहुँच विस्तार भएको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को आर्थिक एवं प्राविधिक सहयोग र स्थानीयहरूको श्रमदानबाट निर्माण भएको निस्कोट खानेपानी तथा स्वच्छता योजनामार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण भएको हो।

images
images

९४ लाख रूपैयाँको लागतमा निर्माण भएको योजनाबाट निस्कोटका एकसय २५ घरपरिवार लाभान्वित भएका मालिका गाउँपालिका-१ का वडाध्यक्ष टंकप्रसाद पुनले जानकारी दिए। उपभोक्ताको घरघरका साथै विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन र सार्वजनिकस्थलमा थप सातवटा धारा जडान भएको छ।

images
images

टोटो बजाउनेमा रहेको मुहानबाट १६ किलोमिटर मुख्य र शाखा पाइपलाइन बनाएर १३ वटा ट्यांकी, दुईवटा डीपीटीलगायतका संरचना बनाएर खानेपानी वितरण गरेको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर पुनले बताए। '३७ वर्षअघि निर्माण भएको खानेपानी योजनाका सार्वजनिक धाराबाट पालो कुरेर पानी वितरण गर्नुपर्ने समस्या थियो', उनले भने, 'धारा र कुवाबाट पानी ओसार्न हुने समयको बचत र झन्झट हटेको छ।' 

images
images
images

पुरानो आयोजनाका संरचना जीर्ण हुँदा खानेपानी आपूर्ति नियमित नहुने र पानी वितरण अव्यवस्थित थियो। सार्वजनिक धारामा पानी नआउँदा उपभोक्ताले कुवा र खोल्साबाट गाग्री, ग्यालिन, ड्रम र बोत्तलमा पानी सोसार्ने गर्दथे। खानेपानीका धारासँगै भाँडा सुकाउने चाङ निर्माण भएको छ।

पानीको मितव्ययी र व्यवस्थित तथा दीर्घकालीन प्रयोगका लागि धारामा मिटर जडान गरेर शुल्क उठाउने व्यवस्था मिलाइएको छ। खानेपानी योजना निर्माणका लागि प्रतिघर ९० दिनका दरले श्रमदान गरेका छन्। घरघरमा सफा र स्वच्छ खानेपानी आउन थालेपछि श्रमदानको दुःख भुलाएको उपभोक्ता तमबहादुर पुनले बताए।

नेवा संस्थाका प्राविधिक छमीराम शर्माका अनुसार नेवाको ६४ लाख रूपैयाँ र उपभोक्ताको ३० लाख रूपैयाँबराबरको श्रमदानमा योजना निर्माण भएको हो। नेवाको सहयोगमा यसअघि गत वर्ष मालिका गाउँपालिका-१ का अन्य टोलमा निर्माण भएको योजनाबाट ९६ घरपरिवार लाभान्वित भएका थिए। रासस


प्रकाशित : आइतबार, साउन ११ २०८२११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend