आइतबार, साउन ११ गते २०८२    
आइतबार, साउन ११ २०८२
images
images

कौसीमा ड्रागन फल खेती गरेर  वार्षिक आठ लाख आम्दानी

images
शनिबार, साउन १० २०८२
images
images
कौसीमा ड्रागन फल खेती गरेर  वार्षिक आठ लाख आम्दानी

तीन वटा बिरुवाबाट कौसीमा सुरुआत गरेको खेती हाल एकसय ३५ वटा गमलामा विस्तार भइसकेकाे छ।

images

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती-९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन्।

images
images

तीन वटा बिरुवाबाट कौसीमा सुरुआत गरेको खेती हाल एकसय ३५ वटा गमलामा विस्तार भइसकेकाे छ। उनले बारीमा चारसय २४ वटा बोट रोपेकी छन्। घरमै खान भनी चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक बनेको हो।

images
images

‘युट्युब’बाट हेरेर प्रभावित भएर सीताले कौसीमा ड्रागन फल खेती सुरुआत गरेकाे उनले सुनाइनन्। सुरुमा मलेसियन सी भेराइटीको जम्मा तीन वटा बिरुवा दुई हजार एकसय रुपैयाँमा पनौतीबाट ल्याएर लगाएकी हुन्।

images
images
images

कौसीमा खेती सुरु गर्दा २५ हजार रुपैयाँ लगानी लागेको उनले बताइन्। उनले फल मात्र होइन बिरुवा पनि बिक्री गरेर आम्दानी लिँन सुरु गरेकी छन्।

‘मैले सुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ, त्यसले राम्रो फल दियो, बिरुवा सफल भएपछि मैले बिरुवा बिक्री गर्न थालेँ, अहिले मसँग धेरैजना बिरुवा लिन आउनुहुन्छ। यसपालि करिब दुई लाख रुपैयाँको त बिरुवा नै बेचेँ’ जिसीले भनिन्।

गत असार पहिलो सातादेखि उत्पादन सुरु भएकामा तीन लट बिक्री गरी हाल चौथो लट टिप्न थालेकी छन्। असार महिनामा मात्रै साढे तीन क्वीन्टल ड्रागन फल बिक्री गरिन्। बजारका लागि कुनै समस्या नभएको उनको भनाइ छ। स्थानीय बजार र मुख्य सहरहरू नारायणगढ, काठमाडौंदेखि बुटवलसम्म उनले बिक्री गर्दै आएकी छन्।

पानी ट्यांकी राखेका फलामका डण्डी, छतमा प्रयोग भएको रेलिङले नै पिल्लरको काम गर्ने हुँदा कौसीमा लगानी कम लाग्ने, पात नहुँदा झरेर फोहर हुने पिर नहुने, धेरै घाम र थोरै पानी भए पुग्ने भएकाले, कौसी खेतीका लागि ड्रागन फ्रुट खेती एकदमै उपयुक्त रहको जिसीको अनुभव छ। रासस


प्रकाशित : शनिबार, साउन १० २०८२१३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend