शनिबार, साउन १० गते २०८२    
शनिबार, साउन १० २०८२
images
images

म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ९ २०८२
images
images
म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

म्याग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगंगा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नं ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ।

images

म्याग्दी- म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु उत्पादन ९ प्रतिशतले बढेको छ। एक हजार ८ सय २० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

images
images

क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोग र कीराको समस्या नदेखिएकाले आलुको उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताए। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ म एक हजार ७५० हेक्टरमा जिल्लामा ३१ हजार ४५० मेट्रिक टन आलु उत्पादन भएको थियो। 

images
images

केन्द्रका अनुसार म्याग्दीबाट वार्षिक १० करोड मूल्यबराबरको आलु पोखरा, काठमाडौंलगायत बजारमा बिक्री हुने गर्छ। सरदर प्रतिकेजी ४० देखि ४५ रुपैयाँका दरले बारीबाटै आलुको व्यापार भएको छ। 

images
images
images

नियमित वर्षा भएकाले सिँचाइ, मौसम अनुकूल र रोग कीरा नदेखिएकाले उत्पादन बढेको अन्नपूर्ण गाउँपालिका-७ का वुद्धिवीर पुनले बताए। उनका अनुसार लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोषिलो हुने भएकाले जिल्ला बाहिरबाट अत्यधिक मात्रामा माग आउने गरेको छ।

अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ। सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो। 

गत वर्षमा एक हजार तीन सय रोपनीमा सञ्चालन भएको खायन आलु प्रवर्द्धन कार्यक्रममार्फत एक हजार ८५ मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताए।

कार्यक्रममार्फत तीनवटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रिकीकरण, सिँचाइ पूर्वाधार, प्याकेजिङ र ढुवानीका लागि ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराएको केन्द्रले जनाएको छ।

म्याग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगंगा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नं ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ। रासस


प्रकाशित : शुक्रबार, साउन ९ २०८२०९:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend