बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

एनआईसी एसिया बैंक २८औँ वर्षमा

सोमबार, साउन ५ २०८२
एनआईसी एसिया बैंक २८औँ वर्षमा

एनआईसी एसिया बैंकले मुलुकभर रहेका आफ्ना ३६० शाखा कार्यालयमार्फत लाखौँ ग्राहकलाई सेवा दिइरहेको छ।

काठमाडौं- एनआईसी एसिया बैंक २८औँ वर्षमा प्रवेश गरेको छ। २८ वर्षअघि आजकै दिन सुरू भएको यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २८औँ वार्षिकोत्सव मनाउन लागिएको बैंकले जनाएको छ।

बैंकले आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोटसमेत व्यक्त गरेको छ।

एनआईसी एसिया बैंकले मुलुकभर रहेका आफ्ना ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालबाट लाखौँ ग्राहकलाई सेवा दिइरहेको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी निर्वाधरुपमा बैंकिङ सेवा देशको कुनाकुनामा पुर्‍याउन सफल भएको बैंकले जनाएको छ।


प्रकाशित : सोमबार, साउन ५ २०८२१३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend