शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

पूर्वाधार मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्ष : सडक पूर्वाधारमा के-कस्ता भए उपलब्धि?

images
शुक्रबार, साउन २ २०८२
images
images
पूर्वाधार मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्ष : सडक पूर्वाधारमा के-कस्ता भए उपलब्धि?

'मन्त्रालयले यस अवधिमा रुग्ण आयोजनाहरुको पहिचान र व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएर काम गरेको छ', मन्त्री देवेन्द्र दाहालले भने।

images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा आफ्नो एक वर्षको अवधि उपलब्धिमूलक र सफल भएको दाबी गरेका छन्।

images
images

शुक्रबार मन्त्रालयको एकबर्से कार्यप्रगति सार्वजनिक गर्दै मन्त्री दाहालले मन्त्रालयको विगत ६ वर्षको पुँजीगत खर्च तुलना गर्दा आव २०८१/८२ मा सबैभन्दा बढी ७६.४१ प्रतिशत प्रगति भएको र जुन औसत राष्ट्रिय पुँजीगत खर्चभन्दा करिब १३ प्रतिशत बढी भएको बताए।

images
images

उनका अनुसार मन्त्रालयले एक वर्षको अवधिमा ९३२ किलोमिटर कालोपत्र सम्पन्न गरेको छ। यो अवधिमा ९३० किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकोमा मन्त्रालयले लक्ष्यभन्दा बढी काम सम्पन्न गरेको हो। यस्तै १५० वटा पुल निर्माण गर्ने लक्ष्य रहेकोमा १०५ वटा पक्की पुल निर्माण सम्पन्न तथा १० वटा बेलिब्रिज जडान भएको मन्त्री दाहालले जानकारी दिए।

images
images
images

यसैगरी, यसैबीचमा राष्ट्रिय सडक सञ्जाल र यातायातको पहुँच पुग्न बाँकी हुम्ला सदरमुकाम सिमकोटसमेत राष्ट्रिय राजमार्गको सञ्जालमा जोडिएर सबै जिल्लाहरुमा यातायातको पहुँच स्थापित भएको उनको भनाइ छ।

'मन्त्रालयले यस अवधिमा रुग्ण आयोजनाहरुको पहिचान र व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएर काम गरेको छ। आयोजनाहरु सुरु हुने तर पूरा नभइ अलपत्र हुने परिपाटीको अन्त्यका लागि समिति गठन गरिएको र सो समितिले अध्ययन गरी दिएको प्रतिवेदन कार्यान्वयन गरी रुग्ण ठेक्काको संख्या उल्लेख्य मात्रामा घटाइएको छ', मन्त्री दाहालले भने।

एक वर्षको अवधिमा मन्त्रालयले विभिन्न नीतिगत कामसँगै सडक पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति गरेको जनाएको छ। 

मन्त्रालयका अनुसार गएको असोजको अविरल वर्षाले क्षतिग्रस्त बीपी, अरनिको, मेची, कान्ति, त्रिभुवन, पृथ्वी राजमार्गलगायत देशका विभिन्न राष्ट्रिय राजमार्गहरुको शीघ्र मर्मत तथा पुनर्स्थापना गरी तत्काल सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइ सवारी आवागमनलाई सहज बनाइएको छ।

यस्तै, आव २०८०/८१ मा विकास निर्माणका आयोजनामा दायित्व सिर्जना भइ सोही आवमा भुक्तानी दिन बाँकी कुल दायित्व रकम ८ अर्ब ६६ करोड रूपैयाँ दोस्रो त्रैमासिक अवधिभित्रै भुक्तानी दिइएको र गत आव २०८१/८२ को भुक्तानी दायित्व अत्यन्त न्यूनमात्र बाँकी रहेको मन्त्रालयले जनाएको छ।

विगत ६ वर्षको कुल प्रगति तुलना गर्दा आव २०८१/८२ मा सबैभन्दा बढी ७६.४१ प्रतिशत खर्च भएको छ। मन्त्रालयको कुल ६७ वटा बजेट उपशीर्षकमध्ये २५ वटा बजेट उपशीर्षकमा ९० प्रतिशतभन्दा बढी प्रगति हासिल भएको छ।

ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण सम्पन्न भइ यातायात सञ्चालनमा आइसकेको छ भने सिद्धबाबा सुरुङ मार्गको ११२६ मिटरको मुख्य सुरुङ खन्ने कार्य सम्पन्न भएको साथै करिब ९०० मिटर कंक्रिट लाइनिङ सम्पन्न भएको छ।

मध्यपहाडी राजमार्गको विभिन्न खण्डहरूमा ५८.५ किलोमिटर र हुलाकी राजमार्गको विभिन्न खण्डहरूमा ९२.५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ।कोशी कोरिडोरअन्तर्गत खाँदबारी-किमाथांका सडकको ट्रयाक खनिएको छ भने तमोर करिडोरमा ४२ किलोमिटर र कालिगण्डकी कोरिडोरको ७१ किलोमिटर सडक कालोपत्र गरिएको छ।

मेची राजमार्गको पुवाखोला, बेँसीसहर-चामे सडक खण्डको तिमाङ खोला, कान्ति लोकपथको बागमती खोला, मध्यपहाडी राजमार्गमा पर्ने धादिङको आँखु खोला, अरनिको राजमार्गको लिपिङ, लार्चा, खागदल खोला, गाईघाट दिक्तेल सडकअन्तर्गत फोक्सिङ्टारमा सुनकोशी नदीमाथि बेलिब्रिज जडान गरी आवागमन सहज बनाइएको मन्त्रालयले जनाएको छ।

राजमार्गका अवरुद्ध स्थानहरुमा विशेष परिस्थितिमा बाहेक आधा घण्टाभित्र मेसिन औजार पुर्‍याइ दुई घण्टाभित्र अवरोध हटाक्ष यातायात सूचारु गर्ने गरी व्यवस्था मिलाइएको छ भने राजमार्ग अवरुद्ध भएको तथा खुलेकोलगायतका विवरण अनलाइन सूचना प्रणालीमा प्रविष्टि गरी प्रयोगकर्ता तथा सरोकारवालाहरुलाई जानकारी उपलब्ध गराउने गरिएको छ।

यसैगरी, नागढुंगा सुरुङमार्गअन्तर्गत टनेल संरचनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइ लाइटिङ, भेन्टिलेसन जडान भएको छ भने टनेल प्रवेश बिन्दु बलम्बुमा निर्माणाधीन फ्लाइओभरको निर्माण कार्य सम्पन्न भएको छ।

मन्त्रालयका अनुसार पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटवल सडकको ११३ किलोमिटर कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेकोमा हालसम्म ६० किलोमिटर चार लेन र थप ३३.५ किलोमिटर २ लेन कालोपत्र सम्पन्न भएको छ। हाल दाउन्नेबाहेक अधिकांश स्थानमा यातायात आवागमन सहज छ।

सरकारबाट डिजाइन एण्ड बिउल्टसम्बन्धी कार्यका लागि स्ट्यान्डर्ड बाइडिङ डकुमेन्ट जारी भएको, स्पेसिफिकेसन संशोधनसम्बन्धी कार्य अगाडि बढाइएको र निर्माण कार्यको गुणस्तर सुनिश्चिताका लागि निर्माण सामग्री परीक्षण ल्याबहरुको व्यवस्थापन प्रभावकारी बनाइएको पनि मन्त्रालयले जनाएको छ।

हेम्जा-नयाँपुल सुरुङमार्ग र दुम्कीबास-बर्दघाट सुरुङमार्गको डिटेल्ड फेसिबिलिटी स्टडी सम्पन्न भएको छ। रुग्ण ठेक्काहरुको अध्ययनबाट कुल ५८६ ठेक्काहरु पहिचान गरिएकोमा यस वर्षभित्र १२० वटा रुग्ण ठेक्का तोडिएको, १५१ वटा रुग्ण ठेक्काहरुको समस्याको प्रकृतिअनुसार समाधानको प्रक्रिया अगाडि बढाइएको, साथै बाँकी रुग्ण ठेक्काहरुको उचित निकासको लागि थप अध्ययन भइरहेको मन्त्रालयको भनाइ छ।

पूर्वपश्चिम रेलमार्गको महोत्तरी बर्दिबास चोचा खण्डमा यसवर्ष ३.६१ किमी ट्रयाक वेड निर्माण सम्पन्न भइ हालसम्म कुल ६८.६१ ट्र्याक वेड निर्माण कार्य सम्पन्न भएको छ। सो खण्डमा ३ वटा रेलपुल बनिसकेको छ।


प्रकाशित : शुक्रबार, साउन २ २०८२१४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend