शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

सरकारको आय-व्यय : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

images
शुक्रबार, साउन २ २०८२
images
images
सरकारको आय-व्यय : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।

images

काठमाडौं- गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।

images
images

गत आवका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रूपैयाँको बजेट ल्याएको थियो। असार समान्तसम्ममा १५ खर्ब २३ अर्ब १० करोड ६८ लाख रूपैयाँ खर्च भएको छ। जुन वार्षिक लक्ष्यको ८१ दशमलव ८७ प्रतिशत बराबर हो।

images
images

चालु शीर्षकमा गत आवका लागि ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रूपैयाँ विनियोजन भएकोमा ८५ दशमलव ९५ प्रतिशत अर्थात् नौ खर्ब ८० अर्ब २८ करोड २१ लाख रूपैयाँ खर्च भएको छ।

images
images
images

त्यस्तै, पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रूपैयाँ विनियोजन भएकोमा ६३ दशमलव दुई प्रतिशत अर्थात् दुई खर्ब २२ अर्ब ६८ करोड २३ लाख रूपैयाँ खर्च भएको छ।

वित्तीय व्यवस्थापन शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रूपैयाँ विनियोजन भएकोमा ८७ दशमलव १४ प्रतिशत अर्थात् तीन खर्ब २० अर्ब चार करोड २४ लाख रूपैयाँबराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

सरकारको आम्दानी पनि लक्ष्यभन्दा निकै कम छ। गत आवका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रूपैयाँ प्राप्ति हुने लक्ष्य राखेको सरकारले ८२ दशमलव ८८ प्रतिशत अर्थात् १२ खर्ब १९ अर्ब ७१ करोड ८६ लाख रूपैयाँबराबर मात्रै असुली गरेको छ। यसरी सरकारको आम्दानी र खर्चको अवस्था तुलना गर्दा आयभन्दा तीन खर्ब तीन अर्ब ३८ करोड रूपैयाँ बढी व्यय भएको छ।

राजस्व संकलनतर्फ गत आवका लागि राखिएको १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रूपैयाँबराबरको लक्ष्यमा ८३ दशमलव ०६ प्रतिशतमात्रै प्रगति भएको छ। सरकारले ११ खर्ब ७८ अर्ब ८२ करोड रूपैयाँबराबर मात्रै राजस्व उठाउन सकेको हो। जसमध्ये कर राजस्व वार्षिक लक्ष्यको ८१ दशमलव ७५ प्रतिशत अर्थात् १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख रूपैयाँ र गैरकर राजस्व ९५ दशमलव ४५ प्रतिशत अर्थात् एक खर्ब २८ अर्ब ९४ करोड रूपैयाँबराबर मात्रै संकलन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकबाट देखिन्छ।

त्यस्तै, वैदेशिक अनुदान प्राप्तिमा ४४ दशमलव ९७ प्रतिशत मात्रै प्रगति देखिएको छ। गत आवका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रूपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले लक्ष्यको आधाभन्दा कम अर्थात् २३ अर्ब ५२ करोड ८७ लाख रूपैयाँबराबर मात्रै उठाउन सकेको हो।

यसरी आय-व्ययको अवस्था हेर्दा सरकारले दुईपटक लक्ष्य संशोधन गर्दा पनि हासिल गर्न नसकेको देखिएको छ। मध्यावधि समीक्षामार्फत गत माघमा पहिलोपटक र चालु आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदै गर्दा गत जेठमा सरकारले दोस्रोपटक आय-व्ययको अनुमान घटाएको थियो।

सरकारको गत जेठको अनुमानअनुसार गत आवमा सुरुवाती वार्षिक विनियोजनको ८९ दशमलव चार प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब ३७ करोड बजेट खर्च हुने ठानिएको थियो। जबकि वास्तविक खर्च डेढ महिना अगाडिको लक्ष्यभन्दा करिब एक खर्ब ४० खर्ब रूपैयाँले खुम्चिएको छ।

सुरुवाती विनियोजनको अनुपातमा चालु खर्चतर्फ ८८ दशमलव पाँच, पुँजीगततर्फ ८४ दशमलव चार र वित्तीय व्यवस्थातर्फ ९७ दशमलव ६ प्रतिशत रहने संशोधित अनुमान सरकारको गत जेठमा गरेको थियो। त्यस्तै, राजस्व परिचालन १२ खर्ब ६७ अर्ब ३९ करोड रूपैयाँ रहने दोस्रोपटकको अनुमान थियो। रासस


प्रकाशित : शुक्रबार, साउन २ २०८२१३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend