शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

गत आवमा वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व संकलनमा वृद्धि

images
बिहीबार , साउन १ २०८२
images
images
गत आवमा वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व संकलनमा वृद्धि

वीरगञ्जकै अर्काे सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि गत आर्थिक वर्षभरिमा ४९ अर्ब ८२ करोड रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images

पर्सा- मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्जस्थित वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेखनीय वृद्धि गरेका छन्।

images
images

वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ भरिमा दुई खर्ब १८ अर्ब ९५ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेमा सो अवधिमा भने लक्ष्यको ८० दशमलव ३५ प्रतिशत अर्थात् एक खर्ब ७५ अर्ब ९३ करोड रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा कार्यालयले करिब साढे १८ अर्ब राजस्व संकलन वृद्धि भएको जानकारी दिए। 'कार्यालयले गत आर्थिक वर्षमा राजस्व संकलनमा भने उल्लेखनीय मात्रामा वृद्धि भएको छ,' उनले भने, 'यहाँको राजस्व संकलनको मुख्य हिस्सा भने पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात नै हो।'

images
images
images

वीरगञ्ज भन्सार कार्यालयले आव २०८०/८१ मा भने दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। सो अवधिमा कार्यालयले लक्ष्यको ६४ दशमलव एक प्रतिशत अर्थात् एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रूपैयाँ रकममात्रै राजस्व संकलन गरेको थियो।

वीरगञ्जकै अर्काे सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि गत आर्थिक वर्षभरिमा ४९ अर्ब ८२ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।

भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई आव २०८०/८१ मा ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रूपैयाँ रकम राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। तर, कार्यालयले सो अवधिमा भने वार्षिक लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् ४७ अर्ब ३१ करोड एक लाख ९० हजार रूपैयाँ रकम राजस्व संकलन गरेको थियो।

प्रमुख भन्सार प्रशासक लामिछानेले वीरगञ्जका दुवै भन्सार कार्यालयले गत आव भरिमा समग्रमा दुई खर्ब २५ अर्ब ९५ करोड रूपैयाँ राजस्व संकलन गरेको जानकारी दिए। 'मुलुकभरिमा कुल भन्सार राजस्व चार खर्ब ८४ अर्ब संकलन भएको छ। जसमध्ये यहाँका दुई भन्सार कार्यालयको समष्टिगत हिस्सा भने ४६ प्रतिशत रहेको छ', उनले भने, 'दुवै भन्सार कार्यालयले समग्रमा अघिल्लो आवको तुलनामा गत आवमा मात्रै १४ प्रतिशत राजस्व संकलनमा वृद्धि भएको छ।'

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा अर्थतन्त्रमा केही सहजता हुँदा राजस्व संकलनमा वृद्धि भएको बताए। 'अर्थतन्त्रमा केही सुधारका संकेत देखापरेकाले पनि राजस्व संकलनमा केही सुधार देखिएको छ,' उनले भने, 'नेपालको अर्थतन्त्र आयातमुखी भएकाले पनि युवा वर्ग विदेशतर्फ पलायन हुँदा खपतमा समस्या पनि यथावत् नै छ।'

वरिष्ठ उपाध्यक्ष राजपालले नेपाल र भारतबीच १७ सय किलोमिटर खुला सीमानाका भएकाले पनि अनौपचारिक ढंगले आयात हुँदा पनि लक्ष्य भेट्टाउन कठिन भएको बताए। 'हाम्रोमा राजस्वमा लक्ष्य वास्तविकभन्दा पनि धेरै ठूलो राख्ने गरिन्छ। जसले गर्दा पनि सहजै लक्ष्य भेट्टाउन मुस्किल पर्ने गर्छ,' उनले भने, 'राज्यले लगानीमैत्री वातावरण गरेर मुलुकको अर्थतन्त्र सुधार गर्नेतर्फ ध्यान दिन जरुरी भइसकेको छ।'

वरिष्ठ उपाध्यक्ष राजपालले विगतको तुलनामा चालु आर्थिक वर्षमा आयात र निर्यात दुवैमा वृद्धि भएकाले पनि मुलुकको शिथिल भएको अर्थतन्त्रलाई चलायमान गराउनेतर्फ सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए। रासस


प्रकाशित : बिहीबार , साउन १ २०८२१४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend