शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

धारापानीमा जलवायुमैत्री कृषि प्रबर्द्धन कार्यक्रम सञ्चालन

images
बिहीबार , साउन १ २०८२
images
images
धारापानीमा जलवायुमैत्री कृषि प्रबर्द्धन कार्यक्रम सञ्चालन

असल कृषि अभ्यास र प्रविधिको अवलम्बन गरी जलवायु अनुकूलन क्षमताको विकास गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले यहाँस्थित कृषि ज्ञान केन्द्रले कार्यक्रम सञ्चालन गरेको हो।

images
images

म्याग्दी- जिल्लाको धवलागिरि गाउँपालिका-७ धारापानीमा जलवायुमैत्री कृषि प्रबर्द्धन कार्यक्रम सुरु भएको छ।

images
images

असल कृषि अभ्यास र प्रविधिको अवलम्बन गरी जलवायु अनुकूलन क्षमताको विकास गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले यहाँस्थित कृषि ज्ञान केन्द्रले कार्यक्रम सञ्चालन गरेको हो।

images
images

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरण गर्दै किसानलाई वातावरण अनुकूल उत्पादनमा केन्द्रित बनाउँदै उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले बताए।

images
images
images

उनका अनुसार सिर्जनशील कृषक समूहमा आबद्ध २२ परिवार कृषकले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रविधिबाट खेती गर्न थालेका छन्।

कार्यक्रमको ९० प्रतिशत अनुदानमा चार वटा सुधारिएको भकारो निर्माण, सिँचाइका लागि चार हजार मिटर पाइप, पानी संकलन गर्ने ९ वटा ड्रम, दुई वटा प्लास्टिकका टनेल र एउटा थोपा सिँचाइ प्रविधि जडान भएको समूहका अध्यक्ष प्रकाश खत्रीले जानकारी दिए।

जलवायुजन्य जोखिमका दृष्टिले तुलनात्मक रूपमा बढी संवेदनशील रहेको क्षेत्र पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको प्रमुख बास्तोला बताउँछन्। ‘कार्यक्रम कार्यान्वयनका लागि समूहलाई केन्द्रले गत आर्थिक वर्ष २०८१/८२ मा पाँच लाख रुपैयाँ सहयोग गरेको छ। गण्डकी प्रदेश सरकारले ‘पाइलट प्रोजेक्ट’का रूपमा यो कार्यक्रम अघि सारेको हो’ उनले भने।

साथै सामाजिक र आर्थिक रूपमा पछाडि परेका, भौगोलिक विकटता, खाद्य सुरक्षाको जोखिममा रहेका चार स्थानमा ‘ग्रामीण पोषण सुरक्षण’ कार्यक्रम सञ्चालन भएको छ। धवलागिरि-बगर, मालिका गाउँपालिका-४ ओखरबोट, रघुगंगा गाउँपालिका-८ कुइनेमंगले र अन्नपूर्ण गाउँपालिका-८ राम्चेमा उक्त कार्यक्रम लागु भएको छ।

उनका अनुसार कार्यक्रममार्फत एक सय भन्दाबढी कृषक लाभान्वित भएका छन्। केन्द्रको पाँच/पाँच लाख रुपैयाँ अनुदानमा कृषक समूह र सहकारी संस्थाले तरकारी खेती, कुखुरापालन, सिँचाइ पूर्वाधार निर्माण, प्लास्टिक घर निर्माण, मौरीपालनका लागि सहयोग गरेका छन्।

घरायसी उपभोगका लागि आवश्यक पर्ने पौष्टिक तत्वयुक्त आहारा आपूर्ति सहज बनाई उपभोग वृद्धि र पोषणको अवस्था सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको बाँस्तोलाले बताए। रासस


प्रकाशित : बिहीबार , साउन १ २०८२१२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend